सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय
क्रिकेट संघको निर्वाचन

नेपाल क्रिकेट संघमा नयाँ नेतृत्व चयन, तस्बिरमा हेर्नुहोस्

शनिबार, ०६ असोज २०८०, १९ : २५
शनिबार, ०६ असोज २०८०

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) मा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार र शनिबार भएको क्यानको निर्वाचनले नयाँ नेतृत्व चयन गरेको हो ।  सो संस्थाको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध चयन भएका छन् । अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेको थियो । क्यानको अध्यक्षमा चन्द पुनः दोहोरिएका हुन् । 

can (2)

संघको उपाध्यक्षमा हालका कोषाध्यक्ष रोशन सिंह निर्विरोध चयन भएका छन् । सचिवमा पारस खड्का निर्वाचित भएका छन् । उनले ४८ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी प्रशान्तविक्रम मल्लले ३७ मत पाए । पारस राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान हुन् । उनले २ वर्षअघि सन्यास लिएका थिए । उनी काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य हुँदै बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका थिए । त्यसलगत्तै उनी नेपाल क्रिकेट संघको सचिवमा निर्वाचित भएका हुन् ।

can (5)

यसैगरी कोषाध्यक्ष पदमा पदम खड्का निर्विरोध भएका छन् । सो पदमा उनको मात्रै उम्मेदवारी परेको थियो । त्यस्तै महिला सदस्यमा जयन्ती खड्का निर्विरोध निर्वाचित भएकी छन् । निर्विरोध अध्यक्षमा चयन भएसँगै अध्यक्ष चन्दले आफ्नो यो कार्यकालको तीन महिना भित्र नै घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

उनले भारत र पाकिस्तान जस्तै नेपाली टोलीलाई पनि त्यो स्तरसम्म पुर्याउनुपर्ने चुनौती रहेको बताए । चन्दले सरकारले भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न आवश्यक भएको बताए । 

can (4)can (3)can (6)can (1)


 

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप