नेपाल क्रिकेट संघमा नयाँ नेतृत्व चयन, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) मा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार र शनिबार भएको क्यानको निर्वाचनले नयाँ नेतृत्व चयन गरेको हो । सो संस्थाको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध चयन भएका छन् । अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेको थियो । क्यानको अध्यक्षमा चन्द पुनः दोहोरिएका हुन् ।
_ptkqtNQhSD.jpg)
संघको उपाध्यक्षमा हालका कोषाध्यक्ष रोशन सिंह निर्विरोध चयन भएका छन् । सचिवमा पारस खड्का निर्वाचित भएका छन् । उनले ४८ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी प्रशान्तविक्रम मल्लले ३७ मत पाए । पारस राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान हुन् । उनले २ वर्षअघि सन्यास लिएका थिए । उनी काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य हुँदै बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका थिए । त्यसलगत्तै उनी नेपाल क्रिकेट संघको सचिवमा निर्वाचित भएका हुन् ।
_CNtAwGQbIy.jpg)
यसैगरी कोषाध्यक्ष पदमा पदम खड्का निर्विरोध भएका छन् । सो पदमा उनको मात्रै उम्मेदवारी परेको थियो । त्यस्तै महिला सदस्यमा जयन्ती खड्का निर्विरोध निर्वाचित भएकी छन् । निर्विरोध अध्यक्षमा चयन भएसँगै अध्यक्ष चन्दले आफ्नो यो कार्यकालको तीन महिना भित्र नै घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
उनले भारत र पाकिस्तान जस्तै नेपाली टोलीलाई पनि त्यो स्तरसम्म पुर्याउनुपर्ने चुनौती रहेको बताए । चन्दले सरकारले भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न आवश्यक भएको बताए ।
_CDDNwWfX32.jpg)
_FearP1DgdV.jpg)
_vI3BYVvTlq.jpg)
_1NduP3UGUf.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण