संसदीय समितिमा गृहमन्त्री श्रेष्ठ आक्रोशित– ‘मन्त्री हो भन्दैमा उठ्, आइज, तँ कहाँ छस् भन्नु हुन्छ र ?’
काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्व जानकारी बिना एक्कासि संसदीय समिति बैठकमा बोलाएपछि आक्रोश व्यक्त गरेका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोलाइएका मन्त्री श्रेष्ठले बैठकमा बोलाउनु पूर्व जानकारी गराउन आग्रह गरे ।
बैठकमा उनले भने– ‘आजको एजेन्डा के हो मलाई थाहा छैन । अर्को गम्भीर काममा हुन्छ गृहमन्त्री, यस्तो बेलामा उहाँ सभापति (रामहरि खतिवडा) ले समितिमा गृहमन्त्री भएन भने बैठक नै चल्न दिन्न भन्ने कुरा आयो भनेर खबर गर्नुभयो । हार्दिकतापूर्वक सदासहायता देखाएर मात्र म बैठकमा आएको हुँ ।’
श्रेष्ठले आफूले संसद्लाई र संसदीय समितिलाई सम्मान गर्ने बताउँदै कुनै काम कुरा गर्दा लोकतान्त्रिक मूल्य, मान्यता र पद्धतिमा चल्नुपर्ने बताए । उनले पूर्व जानकारीबिना एक्कासि बैठकमा आइहाल्नुपर्यो भनेर बोलाउन मिल्छ र भन्दै प्रश्न गरे ।
उनले भने– ‘सबै लोकतान्त्रिक विधि पद्धतिमा चल्नुपर्यो । गृहमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिदिनुस् न समितिमा म आइहाल्छु नि । लोकतन्त्रको कुनै एउटा मूल्य मान्यता त हुन्छ नि । मन्त्री भएको कारणले उठ्, आइज, तँ कहाँ छस् भन्नु हुन्छ र ? मेरो सविनय निवेदन छ ।’
उनले सांसदहरूले गम्भीरतापूर्वक राखेको चासो तथा जिज्ञासाको सम्मान गर्ने बताए । त्यसपछि उनले सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिएका थिए ।
समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने एजेन्डा रहे पनि विषयान्तर भएको थियो । बैठकको सुरुवातमै सभापतिसँग अनुमति मागेर एमाले सांसद रघुजी पन्तले सर्लाहीमा हिन्दु–मुस्लिमबीच धार्मिक दंगा गराउन खोजिएको, सङ्खुवासभामा अरुण जलविद्युत आयोजनामा स्थानीयले अवरोध गरेर काम गर्न नदिए पनि भारतीय कम्पनीले नेपालसँग अर्ब बढी क्षतिपूर्ति माग्न लागेको विषय उठाउँदै बैठकमा अनिवार्य रूपमा गृहमन्त्रीलाई बोलाउन माग गरेका थिए ।
यस्तै सांसद राजेन्द्रकुमार राई र रवि लामिछानेले पनि अघिल्लो पटकको बैठकमा गृहमन्त्री लगायत सुरक्षा प्रमुखलाई छलफलमा बोलाएको तर आफूहरू सहभागी हुन नसकेको बताएका थिए । सांसद राईले सभापति खतिवडाले बैठक व्यवस्थित गर्न नसकेको आरोप लगाउँदै आफू बाहिर भएका बेला गृहमन्त्रीलाई छलफलका लागि बोलाएको बताएका थिए । त्यसपछि समिति सभापति खतिवडाले बैठक चलिरहेका बेला फोन गरेर गृहमन्त्रीलाई बैठकमा बोलाएका थिए ।
मन्त्रालयमा गर्दागर्दैको काम छोडेर समितिमा आउनुपरेपछि मन्त्री श्रेष्ठले आक्रोश पोखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण