एसियाली खेलकुद : महिला क्रिकेटको फाइनलमा भारतको प्रतिद्वन्द्वी श्रीलंका
काठमाडौँ । १९ औँ एसियाली खेलकुद प्रतियोगितामा महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलंकाबीच भिडन्त हुने भएको छ । आइतबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै श्रीलंका फाइनलमा पुगेको हो ।
यसअघि खेलिएको पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई आठ विकेटले हराएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ओभरमा नौ विकेट गुमाएर ७५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाले १६.३ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । श्रीलंकाका लागि हर्षिथा सामराबिक्रमाले २३ रनको योगदान गरिन् । अनुष्का सञ्जिवनीले पनि १५ रन बनाइन् ।
कप्तान चामरी आथापाथुले १४ रन जोडिन् । निलाक्षी डा.सिल्भा १८ रनमा अविजित रहिन् । हसिनी परेरा भने एक रनमा अविजित रहिन् । त्यसअघि पाकिस्तानका लागि सवाल जुल्फिकारले १६, मुनिबा अलीले १३ र ओमाइमा सोहिलले १० रन बनाएका थिए । श्रीलंकाली बलर युदेशिका प्रबोधनीले तीन र कविसा दिल्हारीले दुई विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण