एसियाली खेलकुद : १३ स्वर्णसहित कुल १९ पदक जित्दै चीन पहिलो स्थानमा
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा आइतबार साँझसम्म आयोजक राष्ट्र चीन पदक तालिकाको पहिलो स्थानमा छ । चीनले हालसम्म १३ स्वर्ण, तीन रजत र तीन कांस्यसहित कुल १९ वटा पदक जितेको छ ।
दक्षिण कोरिया पदक तालिकाको दोस्रो स्थानमा आसिन छ । दक्षिण कोरियाले चार स्वर्ण, तीन रजत र तीन कांस्यसहित कुल १० वटा पदक हात पारेको छ । पदक तालिकामा जापान तेस्रो स्थानमा छ । जापानले हालसम्म दुई स्वर्ण, तीन रजत र दुई कांस्यसहित सातवटा पदक जितेको छ ।
पदक तालिकामा उज्बेकिस्तान चौथो स्थानमा छ । उज्बेकिस्तानले एक स्वर्ण, तीन रजत र दुई कांस्यसहित कुल ६ वटा पदक चुमेको छ । कुल तीन पदकसहित चाइनिज ताइपेई पाँचौं स्थानमा आसिन छ । चाइनिज ताइपेईले एक स्वर्ण, एक रजत र एक कांस्य पदक जितेको छ ।
यसैगरी हङ्कङ कुल दुई पदकसहित तालिकाको छैठौं स्थानमा छ । हङ्कङले हालसम्म एक स्वर्ण र एक कांस्य पदक जितेको छ । सहभागी अन्य राष्ट्रले भने स्वर्ण पदक जित्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण