आज मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै
विराटनगर । आज कोशी प्रदेश सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । मन्त्रिपरिषद् विस्तारका लागि मुख्यमन्त्री कार्कीले छलफल गरेको स्रोतले बतायो ।
उनले आज चारदेखि पाँचजना मन्त्री थप्ने तयारी गरेका छन् । सबै मन्त्री एमालेबाटै थप्ने तयारी रहेको बताइएको छ । मुख्यमन्त्री कार्यालय स्रोतले पनि मन्त्रीमण्डल विस्तार गर्न लागेको पुष्टि गरेको छ।
संविधानको धारा १६८ (३) अनुसार बनेको नेकपा एमालेको अल्पमतको सरकारले आगामी असोज २० सम्म विश्वासको मत लिइसक्नुपर्नेछ । मन्त्री बन्ने सम्भावना भएका नेताहरूमा मोरङका लिलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राई रहेका छन् ।
यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छ्न् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण