मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्ने तागत एमालेसँग छ : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको ध्यान सरकार परिवर्तन नभएर बलियो राष्ट्रिय शक्तिका रुपमा पार्टीलाई सुदृढ गर्नेमा केन्द्रित भएको बताएका छन् ।
सोमबार एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेले संकटपूर्ण अवस्थामा देशको नेतृत्व गरिदिए हुन्थ्यो भन्ने आवाजहरु सुनिएपनि एमालेको ध्यान सरकार परिवर्तन भन्दा पनि एमालेलाई बलियो शक्ति बनाउनतर्फ केन्द्रित भएको बताएका हुन् ।
उनले मुलुक चरम आर्थिक संकटबाट गुज्रिरहेको भन्दै यो संकटबाट मुलुकलाई बाहिर निकाल्न एमालेबाहेक अरू कसैले नसक्ने दाबी गरे ।
उनले निर्वाचन लगत्तै मिसन ग्रासरुट चलाएर जनताका आकांक्षा बुझ्ने काम गरेको भन्दै एमालेले चलाएको मिसन २०८४ बाट नेपालको भाग्य र भविस्य निर्माण गर्ने समेत बताए । उनले नेपाली समाजका मौलिक संस्कृतिमाथि प्रहार गर्ने, जातीजातीलाई विभाजित गर्ने दुष्प्रयास गरेको भन्दै यस्तो अवस्थामा राष्ट्रिय हितलाई अघि बढाउने पार्टी नेकपा एमालेमात्र रहेको दाबी गरे ।
‘यो मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्न सक्ने तागत कुनै पार्टीमा छ भने त्यो एमालेमा मात्र छ भन्ने कुराको सच्चाइलाई बुझ्न जरुरी छ’, महासचिव पोखरेलको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण