महँगो शिक्षा र स्वास्थ्यले देश गरिबीको खाल्डोतिर धकेलियो : चन्द्र भण्डारी
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले युवालाई देशमै रोक्ने गरी शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार नेता भण्डारीले देशबाट प्राविधिक र उच्च शिक्षाका नाममा बर्सेनि करिब डेढ खर्ब रुपैयाँबाहिर गइरहेको बताए ।
गरिबका छोराछोरीले पढ्ने २४७ वटा कलेजहरू बन्द हुँदा ९ हजारभन्दा धेरै विद्यार्थीले पढ्न नपाएको भण्डारीको भनाइ थियो । ‘देशमा गरिबका छोराछोरीले पढ्न पाउने कलेजसमेत बन्द गराएर कसले के गर्न खोजिरहेको छ ?’ उनको प्रश्न छ, ‘हिजो वीर अस्पतालमा गरिबका छोराछोरीले नर्स, अनमी र एचए पढ्थे, पाटनमा पढ्थे । तर अहिले त्यस्ता २४७ वटा कलेजहरू बन्द भएका छन् । त्यसबाट ९ हजारभन्दा बढी गरिबका छोराछोरीले पढ्न पाउने अवसर गुमाएका छन् ।’
आज मुलुकबाट एक खर्ब ४७ अर्ब पैसा विदेशमा शिक्षाका लागि बाहिरिँदै गरेको भण्डारीले बताए । ‘गरिबका छोराछोरीले देशमा पढ्न पनि नपाउने हो भने के गर्न यो देशमा बस्ने ?,’ उनले प्रश्न गरे ।
नेता भण्डारीले महँगो शिक्षा र स्वास्थ्यकै कारण देश गरिबीको खाल्डोतिर धकेलिएर गइरहेको बताए ।
देशमा युवा नै नरहने हो भने अहिलेको पुस्ताले जे गरे पनि त्यसको अर्थ नहुन उनको भण्डारीको भनाइ थियो । ‘हामीले यहाँ बहस गरिरहेका छौँ । संसद्मा छलफल गरिरहेका छौँ । दिनहुँ देशमा केही होस् भनेर काम गरिरहेका छौँ,’ उनले भने, ‘तर हामीले जति गरे पनि भोलि त्यसको लाभांश लिने पिँढी नै देशमा नहुने भने हामीले जति जे गरे पनि त्यसको के अर्थ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण