मुख्यमन्त्री शर्माद्वारा मुगुका आगलागी पीडितलाई राहत वितरण
मुगु । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मुगुका आगलागी पीडितलाई राहत उपलब्ध गराएका छन् ।
मुख्यमन्त्री शर्मासहित भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाही, कानुनमन्त्री कृष्ण जिसीको टोली आगलागी क्षेत्रको स्थलगत निरीक्षण गरी पीडित परिवारलाई प्रदेश सरकारका तर्फबाट राहत उपलब्ध गराएका हुन् ।
सो अवसरमा मुख्यमन्त्री शर्माले पीडित परिवारसँग कुराकानी गरी समस्याबारे जानकारी पनि लिएका थिए । मुख्यमन्त्रीसँग पीडित परिवारले जलेका घरको पुनःनिर्माण, विस्थापितलाई उचित राहतको व्यवस्था गर्दै पुनःस्थापना र तत्काल बस्न र खानाको व्यवस्था मिलाइदिन माग गरेका थिए ।
आगलागी पीडित पद्मराज मल्लले मुख्यमन्त्री समक्ष घटना र क्षतिबारे विस्तृत जानकारी गराएका थिए । आगलागी पीडित लक्ष्मी मल्लले आफ्नो होटेल जलेर पूरै खरानी भएको र लगाउने लुगासम्म पनि केही बचाउन नपाएको बताइन् । उनले उचित व्यवस्थापन तथा व्यवसाय सुरु गर्नका लागि राहतको अपेक्षा गरेको मुख्यमन्त्री शर्मा समक्ष गुनासो गरिन् ।
आगलागी क्षेत्रको स्थलगत निरीक्षणपछि मुख्यमन्त्री शर्माले जिल्ला प्रशासन कार्यालय मुगुमा पीडित परिवारलाई खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेका थिए । राहत वितरण गर्दै उनले थप राहत सामग्रीदेखि जलेका घर र व्यवसाय पुनःनिर्माण, पुनःस्थापनाका लागि प्रदेश सरकारबाट उचित निर्णय लिने आश्वासन दिए ।
आगलागी पीडित २३ घरपरिवारलाई मुख्यमन्त्री शर्माले चामल, दाल, म्याट, पाल, सिलिन्डर, चुलो, कुकर, थालीलागायतका सामान वितरण गरेका थिए । प्रदेश सरकारले प्रतिघर रु तीन लाख दिने निर्णय गरिसकेकाले जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम पुनःनिर्माणका पठाइने उनको भनाइ छ ।
गत शुक्रबार राति १२ बजे मुगु जिल्ला सदरमुकाम गमगढीमा आगलागी हुँदा कालिका मालिका मन्दिरको उत्तर दिशातिर रहेका आठ घर पूर्णरुपमा, तीन घर आंशिक र नौ व्यावसायिक पसल जलेर नष्ट भएका थिए । आगलागीबाट २८ परिवारका ९५ सदस्य प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण