सबैलाई सम्मान हुने गरी जिम्मेवारीको बाँडफाँट हुनुपर्छ : गोपालमान श्रेष्ठ
काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले सभापति शेरबहादुर देउवाले विधानअनुसार काम नगरेको भन्दै अब ढिला गर्न नहुने बताएका छन् । सोमबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता श्रेष्ठले सबैलाई सम्मान हुने गरी उपयुक्त जिम्मेवारीको बाँडफाँट हुनुपर्ने बताए ।
उनले भने, ‘बसेर बोलें, कसैले सुन्दैन । उठेर बोलें, ठाउँमा कुरा पुग्दैन । काम हुँदैन । आज–आज भन्दै बस्दा समस्या रहिरहन्छ । पार्टी बन्दैन । पार्टी बनाउने हो भने सबैलाई सम्मान हुने गरी जिम्मेवारीको बाँडफाँट हुनुपर्छ ।’
उनले पार्टीमा भोलि–भोलि भन्दै काम नगरेर सार्दै जाँदा पार्टीलाई नै क्षति हुने बताए । ‘वर्षौंदेखि भोलि–भोलि भन्दै काम नगरेर सार्दै जानु राम्रो होइन । अब जे जति काम छन्, सभापतिज्यू, फटाफट निर्णय गर्नुस् । बाँकी काम टुंगो लगाउनुस्,’ श्रेष्ठले भने, ‘पार्टी कोषाध्यक्षविहिन छ । यो कहिलेसम्म रिक्त राख्ने ?
कोषाध्यक्ष हुन धेरै जनाले धाइरहेको भएपनि एकजनालाई बनाइदिन उनको आग्रह छ । ‘जसलाई बनाएपनि काम अघि बढ्छ, पार्टी अघि बढ्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण