त्रिविका उपप्रध्यापक चलाउनेको मुद्दामा सुरु भयो फैसला सुनवाइ, आज हेर्दाहेर्दैमा
काठमाडौँ । त्रिविका उपप्रध्यापक प्रेम चलाउनेको मुद्दामा फैसला सुनुवाइ अघि बढेको छ । उपप्रध्यापक चलाउनेले आफूमाथि भएको सांघाताकि आक्रमण गर्नेहरुविरुद्ध हालेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश उत्तम सिलवालले सुनवाइ थालेका हुन् ।
प्रतिवादीहरुले मुद्दाको अन्तिम सुनवाइ हुन नदिनका लागि भ्याकेटको निवेदन देखाएर मुद्दाको सुनवाइ अड्काउन खोजे पनि उनीहरुको प्रयास असफल भएको छ । न्यायधीश सिलुवालले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् ।
सर्वोच्च अदालतले गत साउन ९ गते चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा यथाशीघ्र टुंगो लगाउन जिल्ला अदालतलाई आदेश दिएको थियो ।
यसअघि दुईपटक सुनवाइ सुरु भएर पनि हेर्दाहेर्दैमा नराखी रद्द गरिएको मुद्दा आज भने हेर्दाहेर्दैमा राखिएको छ । सो मुद्दामा चलाउनेको तर्फबाट २९ जना वकिलले स्वेच्छिक तवरले बहस गर्न नाम लेखाएका छन् ।
सोमबार चलाउनेका तर्फबाट वसन्त जोशी, चन्द्रप्रसाद सञ्जेल र रमेश बडालले बहस गरेका थिए । बाँकी वकिलहरुले मंगलबार बहस गर्नेछन् । त्यस्तै प्रतिवादीका तर्फबाट अधिवक्ता राम घिमिरले बहस गरेका थिए ।
त्रिवि समाजशास्त्र विभागका उपप्रध्यापक चलाउनेमाथि २०७७ साल असोज २० गते भौतिक आक्रमण भएको थियो । त्यसको केही दिनपछि चलाउनेले जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
आक्रमणमा नेविसंघका नेता–कार्यकर्ता संलग्न थिए । मंगलबार बहस सकिएमा फैसला आउने सम्भावना छ ।
चलाउनेको तर्फबाट बहस गर्ने वकिलहरु :
चन्द्रप्रसाद सञ्जेल
बसन्त जोशी
ओमप्रकाश अर्याल
रमेश बडाल
राधिका खतिवडा
सुरज बस्नेत
सुनीता राउत बस्नेत
टिकाबहादुर कुँवर
भूपाल बस्नेत
रामबहादुर खड्का
दिनेश त्रिपाठी
सुरेन्द्र भण्डारी
मोहना अन्सारी
त्रिलोक बहादुर चन्द
ज्ञानेन्द्र आरण
शिवराज श्रेष्ठ
इन्द्र अर्याल
राजुप्रसाद चापागाईं
श्रीकान्त बराल
चन्द्रप्रसाद भुषाल
युवराज शर्मा
ईश्वरी भट्टराई
जितेन्द्र मइई
हरि पंगेनी
रामचन्द्र पौडेल
यासुव घिमिरे
पुनदेवी महर्जन
भोजराज आचार्य
विरभद्र जोशी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण