चिकित्सकहरुमाथि आक्रमण हुने क्रम नरोकिएको भन्दै संघको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । नेपाल चिकित्सक संघले पछिल्ला दिन चिकित्सकहरुमाथि आक्रमण हुने क्रम नरोकिएको भन्दै ती घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार संघले एक विज्ञप्ति जारी गरी चिकित्सकमाथि हुने आक्रमणका घटना रोक्न र दोषीलाई कानुनी कार्बाही गर्न माग समेत गरेको छ ।
विज्ञप्तिमा असोज ८ गते लमजुङ अस्पतालका डा.सन्दीप अधिकारीमाथि बेशीशहर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष ऋषि बस्नेतले हातपात गरी घाइते बनाएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
त्यस्तै सोमबार पोखराको मणिपाल अस्पतालमा भेन्टिलेटरमा राखिएका बिरामीको मृत्यु भएको विषयलाई लिएर चिकित्सकमाथि शारीरिक हातपात भएको घटनाले पनि संघ स्तब्ध भएको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ- ‘चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गरिएका यस्ता प्रकारका अस्वभाविक र भर्त्सनायोग्य घटनाले नेपाल चिकित्सक संघ स्तब्ध छ । संघसँग गरिएको सम्झौताको हप्ता दिनपनि नहुँदै देशका विभिन्न स्थानमा चिकित्सकहरुलाई लक्षित गरी यसप्रकारका सांघातिक आक्रमणमा संलग्न दोषीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्स्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाही नगरिएको अवस्थामा नियमित स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण गम्भीर रुपमा प्रभावित हुनेतर्फ नेपाल सरकार तथा सरोकारवाला निकायको यस संघ ध्यानाकर्षण गराउँदछ ।’
संघले अबिलम्ब दोषीहरुलाई कानुनी दायरामा ल्याई चिकित्सकीय सेवामा संलग्न जनशक्तिको सुरक्षा र कानुनी राज्य छ भन्ने प्रत्याभूति समेत जोडदार माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार