न्यूयोर्कमा शकुन ज्ञवालीको मुक्तक सङ्ग्रह “खबरमा छु प्रिय” लोकार्पण
न्यूयोर्क । अमेरिकी प्रवासमा रहेर पनि नेपाली साहित्यकार क्रियाशील कवि शकुन ज्ञवालीको पाँचौँ कृति मुक्तक सङ्ग्रह “खबरमा छु प्रिय” न्यूयोर्कमा आयोजित एक भव्य समारोहमा लोकार्पण गरिएको छ ।
कार्यक्रममा नेपाली साहित्य सङ्गीतको मुहान पोखराबाट अमेरिका भ्रमणमा रहेका पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, लोक गायिका हरिदेवी कोइराला, कवि हनिफ मियाँको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा तारा किशन फाउण्डेशनको तर्फबाट फाउण्डेशनका संस्थापक तारा धामी तथा कवि किशनसिंह धामीले कृतिकार शकुन ज्ञवालीलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरेका थिए । यसैगरी सप्तरंगी साहित्य प्रतिष्ठान पोखरा र पोखरा प्रज्ञा प्रतिष्ठानले पनि कवि शकुन ज्ञवालीको सम्मान गर्दै दोसल्ला, मायाको चिनो स्वरूप सम्मान पत्र पठाएको थियो ।
पोखराबाट आएका विशेष अतिथिहरू प्राज्ञ एवं लोक गायिका हरिदेवी कोइराला र पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले पनि दोसल्ला ,मायाको चिनो स्वरूप सम्मान पत्र प्रदान गरेका थिए । कवि शकुन ज्ञवालीलाई अनेसास न्यूयोर्कले पनि दोसल्ला र मायाको चिनो स्वरूप सम्मानपत्र प्रदान गरेको थियो ।

यसै गरि पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कलाकार मिलन शेरचनले मायाको चिनो र दोसल्ला पठाएका थिए। उक्त कार्यक्रममा सहभागी भएका अधिकांशले शकुन ज्ञवालीलाई दोसल्ला,माला,पुष्प गुच्छा र खादाद्वारा सम्मान गरेका थिए ।
अनेसास न्यूयोर्क च्याप्टरको अध्यक्ष राजन महर्जनको सभापतित्व एवं न्यूयोर्कका कानुन व्यवसायी कवि विनोद रोकाको प्रमुख आतिथ्यतामा ४ घण्टा सम्म सञ्चालन भएको सो कार्यक्रममा नेपाली साहित्यानुरागीहरुको भव्य उपस्थिति रहेको थियो ।
कृतिको समीक्षा साहित्यकार रस्मि भट्टले गरेकी थिइन् । कार्यक्रमको उद्घोषण सञ्चालन अनेसास न्यूयोर्कका उपाध्यक्ष लक्ष्मी श्रेष्ठ र महासचिव जानुका वस्ती ढकालले गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले कृति सफलताको कामना व्यक्त गरेका थिए ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण