मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूयोर्कमा शकुन ज्ञवालीको मुक्तक सङ्ग्रह “खबरमा छु प्रिय” लोकार्पण

मङ्गलबार, ०९ असोज २०८०, ०७ : ३१
मङ्गलबार, ०९ असोज २०८०

न्यूयोर्क । अमेरिकी प्रवासमा रहेर पनि नेपाली साहित्यकार क्रियाशील कवि शकुन ज्ञवालीको पाँचौँ कृति मुक्तक सङ्ग्रह “खबरमा छु प्रिय”   न्यूयोर्कमा आयोजित एक भव्य समारोहमा लोकार्पण गरिएको छ ।

कार्यक्रममा नेपाली साहित्य सङ्गीतको मुहान पोखराबाट अमेरिका भ्रमणमा रहेका पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, लोक गायिका हरिदेवी कोइराला, कवि हनिफ मियाँको  विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा तारा किशन फाउण्डेशनको तर्फबाट फाउण्डेशनका संस्थापक तारा धामी तथा कवि किशनसिंह धामीले कृतिकार शकुन ज्ञवालीलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरेका थिए । यसैगरी सप्तरंगी साहित्य प्रतिष्ठान पोखरा र पोखरा प्रज्ञा प्रतिष्ठानले पनि कवि शकुन ज्ञवालीको सम्मान गर्दै दोसल्ला, मायाको चिनो स्वरूप सम्मान पत्र पठाएको थियो । 

पोखराबाट आएका विशेष अतिथिहरू प्राज्ञ एवं लोक गायिका हरिदेवी कोइराला र पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले पनि दोसल्ला ,मायाको चिनो स्वरूप सम्मान पत्र प्रदान गरेका थिए । कवि शकुन ज्ञवालीलाई अनेसास न्यूयोर्कले पनि दोसल्ला र  मायाको चिनो स्वरूप सम्मानपत्र प्रदान गरेको थियो ।

ramro 1

यसै गरि पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कलाकार मिलन शेरचनले मायाको चिनो र दोसल्ला पठाएका थिए। उक्त कार्यक्रममा सहभागी भएका अधिकांशले शकुन ज्ञवालीलाई दोसल्ला,माला,पुष्प गुच्छा र खादाद्वारा सम्मान गरेका थिए ।

अनेसास न्यूयोर्क च्याप्टरको अध्यक्ष राजन महर्जनको सभापतित्व एवं न्यूयोर्कका कानुन व्यवसायी कवि विनोद रोकाको प्रमुख आतिथ्यतामा ४ घण्टा सम्म सञ्चालन भएको सो कार्यक्रममा नेपाली साहित्यानुरागीहरुको भव्य उपस्थिति रहेको थियो ।

कृतिको समीक्षा साहित्यकार रस्मि भट्टले गरेकी थिइन्  । कार्यक्रमको उद्घोषण सञ्चालन अनेसास न्यूयोर्कका उपाध्यक्ष लक्ष्मी श्रेष्ठ र महासचिव जानुका वस्ती ढकालले गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले कृति सफलताको कामना व्यक्त गरेका थिए । 

ranaKHAbimo 2arko

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप