शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो कर्णाली चलचित्र कार्यशाला मंसिरमा

मङ्गलबार, ०९ असोज २०८०, १० : ५४
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । दोस्रो कर्णाली चलचित्र कार्यशाला आगामी ५ मंसिरबाट ११ गतेदेखि कर्णालीको सुर्खेतमा आयोजना हुने भएको छ ।  केवी इन्टरटेनमेन्ट प्रा.लिले कर्णालीमा दोश्रो पटक यो चलचित्र कार्यशाला आयोजना गर्न लागेको हो ।
गत वर्ष असारको दोश्रो साता यो कार्यशाला सुर्खेतमा आयोजना गरिएको थियो । पहिलो कार्यशालामा चलचित्र सम्बन्धि वेशिक कोर्स सिकेका विधार्थी र अन्य नयाँ विधार्थीहरुलाई यसपटक चलचित्रबारे एडभान्स कोर्षको प्रशिक्षण दिन लागेको आयोजक संस्थाका अध्यक्ष भूपेन्द्र कुमार खड्काले बताए ।

‘कर्णाली विकट भएपनि प्राकृतिक र भौगोलिक हिसावले निकै सुन्दर छ । सांस्कृति विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मी मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुर्याउनकै लागि हामीले गत वर्षबाट कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौं ।’ खड्काले भने ।

कार्यशलामा यसपटक चलचित्र विकाश बोर्डका अध्यक्ष तथा अग्रज अभिनेता भुवन केसीको मास्टर क्लास हुने भएको छ । यस्तै चलचित्र लेखक निर्देशक दयाराम दाहालले चलचित्र निर्माण सम्बन्धि विशेष क्लास लिने छन् ।
चलचित्र लेखक/निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले स्कृप्ट लेखन र चलचित्र निर्देशनको प्रयोगात्मक सहितको कक्षा लिने भएका छन् । सोही कार्यशालामा अभिनेत्री सरिता गिरीले अभिनय सम्बन्धि प्रशिक्षण दिने छिन् भने छायाँकार पुरुषोत्तम प्रधान र निरज कँडेलले छायाँकन सम्बन्धि प्रयोगात्मक प्रशिक्षण दिनेछन् । 

सोही कार्यशालामा सञ्चारकर्मी तथा मेकअप आर्टिष्ट सरिता भारतीले फिल्ममा क्यारेक्टर मेकअपको प्रयोगात्मक प्रशिक्षण दिने छिन् । यस्तै फिल्म सम्पादक प्रितम पाण्डेले कार्यक्रममा फिल्म सम्पादन सम्बन्धि कक्षा लिने भएका छन् । कार्यशालामा सहभागी विधार्थीहरुले तीन वटा बृत्तचित्र र तीन वटा लघू चलचित्र निर्माण गर्ने छन् । 

कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विधार्थीहरुले यो कार्यशालामा भाग दिने भएका छन् । चलचित्र विकाश बोर्डको सहकार्यमा हुने यो कार्यशालालाई नेपाल टेलिकम, दुरसञ्चार प्राधिकरण, आयल निगम, नविल बैंक, कृषी विकाश बैंकको सहयोग छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप