चीनले नेपाललाई भू–परिवेष्टितबाट भू–जडित मुलुक बन्न सघाउने
काठमाडौँ । चीनले नेपाललाई भू-परिवेष्टित मुलुकबाट भू-जडित मुलुक बन्न सहयोग गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा चीनले नेपाललाई भू-जडित मुलुक बन्न सहयोग गर्ने सम्झौता भएको हो ।
नेपाल र चीनले संयुक्तरुपमा सार्वजनिक गरेको वक्तव्यमा लेखिएको छ, ‘दुवै पक्षबिच सडक यातायातमार्फत भू-परिवेष्टितबाट भू-जडित बन्नका लागि चीनले सहयोग गर्ने सम्झौता भएको छ ।’ यसका लागि नेपालले चीनको सडकमार्गलाई ट्रान्जिटकारुपमा प्रयोग गर्न पाउनेछ ।
नेपाल उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिण, पूर्व र पश्चिममा भारतसँग जोडिएको छ । जसकारण, नेपाल भू–परिवेष्टित राज्य हो । नेपाललाई उत्तर र दक्षिण छिमेकी मुलुक नै भू–जडित बनाउने घोषणा गर्दै आइरहेका छन् ।
नेपाली पक्षको चाहनाअनुसार चिनियाँ पक्ष अरनिको राजमार्गमा चौथो चरणको मर्मत र विस्तारको काम अघि बढाउन तयार बनेको छ । अरनिको राजमार्गमा सिन्धुपाल्चोकको तातोपानीदेखि काभ्रेको धुलिखेलसम्म सडक विस्तार गरिदिन नेपाली पक्षले आग्रह गरेको थियो । जुन, आग्रह चिनियाँ पक्षले स्वीकार गरेको हो ।
यस्तै, स्याफ्रुबेसी–रसुवागढी सडकमार्गको विस्तार र मर्मतमा समेत चिनियाँ पक्षले सहमत बनेको छ । तर, यसका लागि नेपाली पक्षले साइट क्यिलर सक्नुपर्छ । यसबाहेक, टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने सम्झौता समेत सम्पन्न भएको छ । यसले नेपाल–चीनबीचको केनेक्टिभिटी जोड्ने बताइएको छ भने काठमाडौँको चक्रपथको दोस्रो फेजको विस्तार समेत सुरु गर्ने सम्झौता भएको छ ।
सडकमार्गबाहेक, काठमाडौँ–केरुङ रेलमार्ग निर्माणको सम्भाव्यता गर्न दुवै पक्ष सहमत बनेका छन् । यसका लागि नेपाल–चीन रेलवे कर्पोरेसनको आठौँ कार्यदल बैठक छिट्टै आयोजना गर्ने सम्झौता समेत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण