मूर्तिकार कुमालेका अद्वितीय कलाको संरक्षण र संवर्द्धन गर्न सक्नुपर्दछ : उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मूर्तिकार कालु कुमालेका अद्वितीय कलाको संरक्षण र प्रवर्द्धन गर्न सक्नुपर्ने बताएका छन् ।
मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच मूर्तिकार कुमालेको ‘देउता बनाउने मान्छे’ नामक पुस्तक सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन् ।
उपराष्ट्रपति यादवले मूर्तिकार कुमालेजस्तो महत्त्वपूर्ण स्रष्टा, सृजनाकार, कलाकार र व्यक्तित्वलाई सबैले सम्मान गर्नुपर्ने समेत बताए । उनीद्वारा सृर्जित मूर्तिहरु मठ, मन्दिर, विहार, गुम्बाहरुमा पुजिँदै आएको र विश्वको प्रख्यात भिक्टोरिया एण्ड एल्वर्ड म्युजियमसहित विभिन्न मुलुकमा पुगिसकको उल्लेख गर्दै उनले यो मुलुक र कला क्षेत्रका लागि एउटा गौरवको विषय पनि बताए ।
उपराष्ट्रपति यादवले मूर्ति बनाएरै देशविदेशमा समेत लोकप्रिय भएका मूर्तिकार कुमाले अन्य कलाकारहरुका लागि पनि प्रेरणा र उत्पेरित गर्ने व्यक्तिको रुपमा स्थापित हुनु भएको पनि स्पष्ट पारे । उनले मूर्तिकार कुमालेले मूर्ति बनाएर पनि जीवनयापन गर्न सकिन्छ भन्ने दृष्टान्त पेश गरेको भन्दै खुसी व्यक्ति गरे ।
उपराष्ट्रपति यादवले कुमालेले मूर्तिकलाको माध्यामबाट गरिब किसान परिवारमा जन्मिएर पनि धैर्य र लगनशील भए सफलताको शिखर चुम्न सकिन्छ भन्ने उदाहरण पेश गरेको पनि उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण