मूर्तिकार कुमालेका अद्वितीय कलाको संरक्षण र संवर्द्धन गर्न सक्नुपर्दछ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मूर्तिकार कालु कुमालेका अद्वितीय कलाको संरक्षण र प्रवर्द्धन गर्न सक्नुपर्ने बताएका छन् ।
मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच मूर्तिकार कुमालेको ‘देउता बनाउने मान्छे’ नामक पुस्तक सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन् ।
उपराष्ट्रपति यादवले मूर्तिकार कुमालेजस्तो महत्त्वपूर्ण स्रष्टा, सृजनाकार, कलाकार र व्यक्तित्वलाई सबैले सम्मान गर्नुपर्ने समेत बताए । उनीद्वारा सृर्जित मूर्तिहरु मठ, मन्दिर, विहार, गुम्बाहरुमा पुजिँदै आएको र विश्वको प्रख्यात भिक्टोरिया एण्ड एल्वर्ड म्युजियमसहित विभिन्न मुलुकमा पुगिसकको उल्लेख गर्दै उनले यो मुलुक र कला क्षेत्रका लागि एउटा गौरवको विषय पनि बताए ।
उपराष्ट्रपति यादवले मूर्ति बनाएरै देशविदेशमा समेत लोकप्रिय भएका मूर्तिकार कुमाले अन्य कलाकारहरुका लागि पनि प्रेरणा र उत्पेरित गर्ने व्यक्तिको रुपमा स्थापित हुनु भएको पनि स्पष्ट पारे । उनले मूर्तिकार कुमालेले मूर्ति बनाएर पनि जीवनयापन गर्न सकिन्छ भन्ने दृष्टान्त पेश गरेको भन्दै खुसी व्यक्ति गरे ।
उपराष्ट्रपति यादवले कुमालेले मूर्तिकलाको माध्यामबाट गरिब किसान परिवारमा जन्मिएर पनि धैर्य र लगनशील भए सफलताको शिखर चुम्न सकिन्छ भन्ने उदाहरण पेश गरेको पनि उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सागर एक्लैले पाँच विकेट लिएपछि पुलिस स्कुलले सजिलै हरायो रत्नराज्यलाई
-
नेपालमा नोबेल ब्रान्डको लन्च
-
सरकारले औपचारिकताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
-
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप
-
नेपालमा न्याय निरूपण र फैसला कार्यान्वयनको अवस्था कस्तो छ ?
-
यसकारण ८ वर्षपछि चलचित्र अभिनयमा फर्किए राजेश हमाल