आमा बन्दै रेखा थापा
काठमाडौँ । अभिनेत्री रेखा थापा आमा बन्ने भएकी छन् । गतवर्ष प्रेमी बलराम शाहीसँग वैवाहिक जीवनमा बाँधिएकी उनले फागुन–चैततिर सन्तानलाई जन्म दिन लागेकी हुन्।
भविष्य पनि गजबको ‘उपहार’ हो, जो नआउँदै हामीलाई किस्ता किस्तामा खुसी पठाइदिन्छ,’ मंगलबार पतिसँगको तस्बिरमा उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । उनको पोस्टलाई लिएर रातोपाटीले ‘आमा बन्ने तयारीमा हो ?’ भनेर प्रश्न गरेको थियो । जवाफमा उनले डाक्टरले फागुन–चैतमा आमा बन्ने डेट दिएको खुलाइन् ।
रेखा पछिल्लो समय ‘उपहार’ निर्माण अभिनय गरिरहेकी छन् । उनको पेटमा ५ महिनाको सन्तान हुर्किरहेको छ । यो अवस्थामा पनि उनी फिल्ममा एक्सन दृश्य लगायतको छायाङ्कनमा छिन् । बलिउड अभिनेत्री आलिया भट्टले पनि सन्तान पेटमा हुँदा फिल्म सुटिङ गरेको कारण आफूलाई पनि अहिले सुटिङका लागि प्रेरणा मिलिरहेको रेखाले बताइन् ।
फिल्म ‘उपहार’को अहिले काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा हुन् । रेखाको पेट बढ्दै गएपछि निर्देशक ज्ञानेन्द्र देउजाले उनका दृश्यहरूको छायाङ्कन धमाधम गरिरहेका छन् । रेखाले पनि फिल्मको छायाङ्कन सुरु भएपछि नियमित गरिरहेकी छन् । फिल्मको छायाङ्कन सकेपछि रेखाले पूर्ण रूपमा आराम गर्ने बताइएको छ ।
यसअघि समाचारमा बलराम शाही हुनुपर्नेमा केसी हुन पुगेकाले सच्याइएको छ-सं
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण