शनिबार, ०७ असार २०८२
ताजा लोकप्रिय

विश्वकपका लागि टोली घोषणा गर्ने अन्तिम राष्ट्र बन्यो बंंगलादेश

बुधबार, १० असोज २०८०, १३ : ०६
बुधबार, १० असोज २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि सहभागी १० वटै राष्ट्रले आफ्नो टोलीको घोषणा गरेका छन् । बंगलादेश एकदिवसीय विश्वकपको १३औँ संस्करणका लागि टोली घोषणा गर्ने अन्तिम राष्ट्र बनेको छ । 

बंगलादेशले आगामी विश्वकपका लागि सकिब अह हसनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । बंगलादेशको टोलीमा सकिब अल हसन (कप्तान), लिटनकुमार दास, तान्जिद हसन तामिम, नजमुल होसैन सान्तो (उपकप्तान), तावहिद हृदोय, मुसफिकर रहिम, महमुदुल्लाह रियाद, मेहिदी हसन मिराज, नसुम अहमद, साक माहेदी हसन, तास्किन अहमद, मुस्तफिजुर रहमान, हसन महमुद, सोरिफुल इस्लाम र तन्जिम हसन सकिब रहेका छन् । 

एकदिवसीय विश्वकपको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतमा आयोजना हुँदैछ । विश्वकपका खेलहरू विभिन्न १० वटा रंगशालामा खेलाइने छ । विश्वकपको उद्घाटन खेल साबिक विजेता इङ्ल्यान्ड र साबिक उपविजेता न्युजिल्यान्डबिच खेलिने छ ।

T20I Tri-Series in Scotland, 2025 T20I Tri-Series in Scotland, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप