शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अछाममा स्वास्थ्यकर्मी आन्दोलनमा

बुधबार, १० असोज २०८०, १३ : २४
बुधबार, १० असोज २०८०

अछाम । देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा यहाँ पनि विरोध गरिएको छ । जिल्ला अस्पताल अछाममा कार्यरत स्वास्थ्यकर्मीहरुले विरोधस्वरुप आज प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरे । 

स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथिको आक्रमण निन्दनीय भएको भन्दै उनीहरुले आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्न माग गरे । जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर रविकुमार यादवले माग पूरा नभएसम्म आकस्मिकबाहेकका सबै सवा ठप्प रहने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप