आफ्नो कम्पनीद्वारा उत्पादित साबुन टोक्दै जब मालिकले कर्मचारीसँग छलफल गरे
आफ्नै कम्पनीले बनाएको साबुन टोक्दै कर्मचारीसँग कुरा गरेको भिडियो बाहिरिएपछि एक जना मालिक सोसल मिडियामा चर्चित बनेका छन् । आफ्नो कम्पनीले बनाएको साबुन पूर्ण रूपमा प्राकृतिक छ भनेर पुष्टि गर्न उनले साबुन टोकेका थिए ।
कर्मचारीसँगको मिटिङमा होङ्वे कम्पनीका मालिकले आफूले उत्पादन गरेको लुगा धुने साबुनमा कुनै पनि हानिकारक तत्त्व समावेश नगरेको जानकारी दिए । होङ्वे कम्पनी सन् १९५२ मा स्थापना भएको थियो । उक्त साबुनमा अल्काली, जनावरको बोसो र दूध मात्रै मिसाइएको छ भनेर विश्वस्त पार्न उनले साबुन टोक्दै कुराकानी गरिरहेका थिए । ती व्यक्तिले उक्त साबुनमा सबै प्राकृतिक तत्त्व छन् भनेर बुझाउनका लागि यसो गरेका थिए तर धेरै मानिसले उनको यस्तो व्यवहारलाई जिस्काए । कतिले प्राकृतिक प्रकोपका बेला यो साबुन जीवन रक्षक हुनसक्ने पनि बताए ।
‘यसमा हानिकारक तत्त्व छैनन्,’ होङ्वेका मालिकले एउटा सानो भिडियो क्लिपमा भनिरहेको देख्न सकिन्छ । ‘यसको स्वाद गाई र भेडाको बोसो र दूधजस्तै छ । यसको कुनै साइड इफेक्ट छैन । यो तपाईंको शरीर भित्र गएपछि बोसो र तेलमा ब्रेकडाउन हुनेछ ।’
तर होङ्वेका मालिकले खाए पनि कुनै पनि साबुन खानका लागि नबनाइने भएकोले खान योग्य नहुने धेरैले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण