काठजन्य सामग्रीहरू विदेशबाट आयात हुनु राष्ट्रिय अर्थतन्त्रका लागि राम्रो होइनः उद्योगमन्त्री रिजाल
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकभित्रै प्रशस्त स्रोत र सम्भावना हुँदा पनि काठजन्य सामग्रीहरू विदेशबाट आयात हुनु राष्ट्रिय अर्थतन्त्रका लागि सुखद् नभएको बताएका छन् ।
बुधवार फर्निचर फर्निसिङका उत्पादनको वृहत प्रदर्शनी, २०२३ उद््घाटन कार्यक्रममा बोल्दै मन्त्री रिजालले नेपालमा नै काठजन्य वस्तुहरुको उत्पादनमा प्रशस्त सम्भावना रहे पनि विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताए ।
उनले वन पैदावारबाट हुने कच्चा पदार्थमा आधारित सामाग्रीहरूको फर्निचर तथा फर्निसिङ व्यवसायले आत्मनिर्भर बनाउन आवश्यक रहेको बताए । उनले देशभित्रै उपलब्ध हुनसक्ने कच्चा पदार्थको सहज उपलब्धता र उत्पादन सरकारले नीतिगत र कानूनी सुधार गर्न तयार रहेको बताए । उनले नेपालमा हरेक वर्ष अर्बौँ रुपैयाँको फर्निचर तथा फर्निसिङका सामग्रीको खपत हुँदै आइरहेको बताए । रिजालले फर्निचर तथा फर्निसिङ क्षेत्रमा भएको लगानीबाट सिर्जना गरेको रोजगारी र राजश्वमा राज्यलाई पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए ।
रिजालले ठूलो लगानी भएपनि फर्निचर क्षेत्रमा आधा भन्दा बढी आयातित सामानमा निर्भर हुनुपर्ने बाध्यतालाई सुधार गर्न आवश्यक रहेको उल्लेख बताए । उनले सरकारले आन्तरिक उत्पादन बढाउने आयात घटाउने नीतिलाई प्राथमिकता दिँदै आएको दाबी गरे । उद्योगमन्त्री रिजालले नेपालको मौलिक कला संस्कृति झल्कने र स्थानीय कच्चा पदार्थमा आधारित हस्तकलाका सामानलाई समेत फर्निसिङ व्यवसायमा आवद्ध गरी प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।
नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष दिनेशकुमार अग्रवालले फर्निचर तथा फर्निसिङमा काम गर्ने दक्ष कामदारको अभावले उद्योग नै धरासायी बन्ने सम्भावना बढ्दै गएको बताए । उनले पछिल्लो समय दक्ष जनशक्तिको अभावको कारण उत्पादन क्षमता समेत घट्दै गएको बताए । उनले सीप र तालिमको अभावले फर्निचर तथा फर्निसिङका सामानहरु लोप हुने सम्भावना बढेको बताए ।
बुधवारदेखि शुरु भएको फर्निचर तथा फर्निसिङ मेलामा १०० भन्दा बढी स्टलहरु रहेका छन् । मेलामा ५० हजार भन्दा बढी अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण