त्रियुगा नगरपालिकाका पूर्वमेयर चौधरीसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरीसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार पूर्वमेयर चौधरीमाथि एक करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ ३२ पैसा जरिवाना तथा कैद सजायको मागदाबी गरिएको छ ।
चौधरीले आर्थिक वर्ष २०७८÷०७९ मा त्रियुगा नगरपालिकाभित्रका बरुवा खोला, त्रियुगा खोला र सुनकोशी नदीको नदीजन्य पदार्थ माटो बाहेकको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरेको, त्रियुगा नगरपालिकाको नगरस्तरीय राजस्व परामर्श समितिको निर्णयअनुसार सो आर्थिक वर्षका लागि नदीजन्य पदार्थको प्रस्तावित आय प्रक्षेपण गरेकोमा उनकै अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार ढुङ्गा, ग्राभेल, बालुवा उत्खनन, संकलन, बिक्री कर उठाउने प्रयोजनका लागि न्यूनतम अंक कायम गर्ने निर्णय गरी ६२ लाख ९१ हजार २०४ रुपैयाँ २२ पैसा राजस्व चुहावट गरेको अख्तियारको दाबी छ ।
यस्तै, ठेक्का नै नभएको माटो भरौटे र बलौटे गैरकानुनी ढंगले उत्खनन र बिक्री गर्न दिएको, प्रत्यक्ष–अप्रत्यक्ष सहयोग पु¥याएको कारण १८ लाख ४४ हजार १७७ रुपैयाँ ९४ पैसा राजस्व चुहावट भएको अख्तियारको जिकिर छ । सोही अनुसार अख्तियारले राजस्व चुहावट भएको कुल रकम ८१ लाख ३५ हजार ३८२ सय १६ पैसालाई बिगो कायम गरी दोब्बर जरिवानाको मागदाबी गरेको हो ।
अख्तियारले सोही विषयमा त्रियुगा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरण कुमार कार्की, नगरपालिकाका तत्कालीन राजस्व शाखा प्रमुख गुरु प्रसाद ढकाल र निश्चल ट्रेडर्स हेटौंडाका प्रोपाइटर तथा ठेकदार राजेश बछारलाई पनि विपक्षी बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण