प्रत्यक्ष वैदेशिक लगानी १६ प्रतिशतले वृद्धि, राष्ट्र बैंकद्वारा सर्वेक्षण प्रतिवेदन सार्वजनिक
काठमाडौँ । प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । आवश्यक तथ्याङ्क सङ्कलन गरी प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रतिवेदन सार्वजनिक गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७८–७९ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल २३१ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन तयार पारिएको राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७८ –७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई रु २६४ अर्ब ३३ करोड कायम रहेको छ ।
कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको छ । यसै गरी २०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी रु ८८ अर्ब ५९ करोड र त्यसपछि क्रमशः चीनबाट रु २२ अर्ब ४५ करोड, आयरल्यान्डबाट रु २० अर्व ९० करोड, सिङ्गापुरबाट रु १६ अर्ब ७ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट रु१५ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।
नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७३ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्र अर्न्तगत जलविद्युत् क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको छ । यसै गरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्र अर्न्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ ।
वैदेशिक लगानीमा सञ्चालित उत्पादनमुलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको पाइएको छ भने समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत रहेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दनदनी बलिरहेको छ युरोप
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण