चेल्सी र आर्सनलको संघर्षपूर्ण जीत
बिहीबार, ११ असोज २०८०, ०९ : २४
लण्डन । प्रिमियर लिगमा संघर्षरत चेल्सीले ब्राइटनमाथि काराबाओ कपमा संघर्षपूर्ण जीत हासिल गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिन्होले यो जीत चेल्सीका लागि ‘टर्निङ प्वाइन्ट’ हुने विश्वास व्यक्त गरेका छन् ।
खेलमा निकोलास ज्याक्सनले गरेको एक मात्र गोल निर्णायक बनेको थियो । पछिल्ला चार खेलमा टोलीको यो पहिलो जीत हो । योसँगै चेल्सीले अब अन्तिम १६ मा च्याम्यिनसीप टोली ब्ल्याकबर्न रोभर्सको सामना गर्नेछ ।
उता, आर्सनलले पनि ब्रेन्टफोर्डलाई समान गोल अन्तरले हरायो । खेलमा रिस नेलसनले खेलको आठौँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
तर, खेलमा नायक भने गोलकिपर आरन राम्सडेल रहे । तीन खेलपछि सुरुवाती ११ मा फर्किएका राम्सडेलले एकपछि अर्को उत्कृष्ट बचाऊ गर्दै टोलीको जीत सुनिश्चित गरे । अब मिकेल आर्टेटाको टोलीले चौथो चरणमा वेस्ट ह्यामको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण