महाराजगञ्ज घटना : असई घरमा थिएनन्, पत्नीले आफैँलाई गोली हानेको अनुसन्धान निष्कर्ष

काठमाडौँ । काठमाडौँको महाराजगन्जमा नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी पत्नी शर्मिला बुधवार साँझ गोली लागेको अवस्थामा भेटिइन् । महानगरपालिका–४ पञ्चकन्या स्थित डेरामा घाइते अवस्थामा भेटिएकी उनलाई उपचारका लागी त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अहिले उनको अपरेसन भैसकेको छ ।
शर्मिला चौधरीले आफैँलाई गोली हानेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरी सहायक निरीक्षक चौधरीले बोक्ने पेस्तोलबाट दुई राउन्ड फायर भएको अनुसन्धानबाट थाहा भएको छ । शर्मिलाको कोखामा १ राउन्ड गोली लागेको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।
एक राउन्ड गोली भुईँमा फायर भएको भेटिएको छ । बुधवार साँझ ६ बजे डेराबाट निस्केर लक्ष्मण साथीकहाँ गएका थिए । साढे ८ बजेतिर शर्मिलाले पतिले बोक्ने पेस्तोल चलाएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्–‘ढोकाको चुकुल भित्रबाट लगाएको देखिन्छ, उनीसँग डेरामा ७ वर्षीया छोरी थिइन् ।’
लक्ष्मण चौधरी पूर्व आईजीपी ध्रुव बहादुर प्रधानको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) हुन् । लक्ष्मण र शर्मिलाको बिचमा मनमुटाब हुने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । ‘विवाद’ कै कारण शर्मिलाले आफैँलाई गोली प्रहार गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड
-
शनिबारदेखि वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन’, प्रदेशका दुई सय छोरीहरू सहभागी हुँदै