महाराजगञ्ज घटना : असई घरमा थिएनन्, पत्नीले आफैँलाई गोली हानेको अनुसन्धान निष्कर्ष
काठमाडौँ । काठमाडौँको महाराजगन्जमा नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी पत्नी शर्मिला बुधवार साँझ गोली लागेको अवस्थामा भेटिइन् । महानगरपालिका–४ पञ्चकन्या स्थित डेरामा घाइते अवस्थामा भेटिएकी उनलाई उपचारका लागी त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अहिले उनको अपरेसन भैसकेको छ ।
शर्मिला चौधरीले आफैँलाई गोली हानेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरी सहायक निरीक्षक चौधरीले बोक्ने पेस्तोलबाट दुई राउन्ड फायर भएको अनुसन्धानबाट थाहा भएको छ । शर्मिलाको कोखामा १ राउन्ड गोली लागेको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।
एक राउन्ड गोली भुईँमा फायर भएको भेटिएको छ । बुधवार साँझ ६ बजे डेराबाट निस्केर लक्ष्मण साथीकहाँ गएका थिए । साढे ८ बजेतिर शर्मिलाले पतिले बोक्ने पेस्तोल चलाएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्–‘ढोकाको चुकुल भित्रबाट लगाएको देखिन्छ, उनीसँग डेरामा ७ वर्षीया छोरी थिइन् ।’
लक्ष्मण चौधरी पूर्व आईजीपी ध्रुव बहादुर प्रधानको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) हुन् । लक्ष्मण र शर्मिलाको बिचमा मनमुटाब हुने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । ‘विवाद’ कै कारण शर्मिलाले आफैँलाई गोली प्रहार गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण