बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुदको पदक तालिकामा चीनको अग्रता कायमै, नेपाल अझै पदकविहीन

बिहीबार, ११ असोज २०८०, १७ : ४७
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिताको छैठौँ दिन बिहीबार पनि आयोजक राष्ट्रले पदक तालिकामा आफ्नो अग्रतालाई कायमै राखेको छ । चीनले बिहीबार साँझसम्म ८५ स्वणर्सहित कुल एक सय ६० पदक जितेको छ । चीनले ४९ रजत र २६ कांस्य पनि हात पारेको छ ।

दक्षिण कोरिया २२ स्वणर्सहित कुल ८० पदक जित्दै तालिकाको दोस्रो स्थानमा छ । दक्षिण कोरियाले २० रजत र ३८ कांस्य पदक हात पारेको छ । १८ स्वणर्सहित कुल ७३ पदक जित्दै जापान तालिकाको तेस्रो स्थानमा आसिन छ । जापानले २९ रजत र २६ कांस्य पदक पनि हात पारेको छ । 

उज्बेकिस्तान पदक तालिकाको चौथो स्थानमा छ । उज्बेकिस्तानले ६ स्वणर्, १० रजत र १५ कांस्यसहित कुल ३१ वटा पदक हात पारेको छ । ६ स्वणर्सहित कुल २५ पदक जित्दै भारत पाँचौँ स्थानमा छ । भारतले आठ रजत र ११ कांस्य पदक पनि जितेको छ ।

यसैगरी ६ स्वणर्सहित कुल १८ पदक जित्दै थाइल्यान्ड तालिकाको छैठौँ स्थानमा आसिन छ । थाइल्यान्डले तीन रजत र नौ कांस्य पदक पनि हात पारेको छ । हङ्कङ पाँच स्वणर्सहित कुल ३१ पदक जित्दै सातौँ स्थानमा छ । हङ्कङले १२ रजत र १४ कांस्य पदक पनि जितेको छ ।

जारी एसियाली खेलकुदमा हालसम्म २१ वटा राष्ट्रले स्वणर् पदक जितेका छन् । सहभागीमध्ये ३० वटा राष्ट्रले कुनै न कुनै पदक हात पारेका छन् । प्रतियोगितामा दुई सय ५३ खेलाडी सहभागी गराएको नेपालले भने हालसम्म कुनै पनि पदक जित्न सकेको छैन । जारी एसियाली खेलकुदमा सहभागी हुन नेपालबाट ठूलो सँख्यामा पदाधिकारीहरु पनि चीन पुगेको छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप