एसियाली खेलकुदको पदक तालिकामा चीनको अग्रता कायमै, नेपाल अझै पदकविहीन
काठमाडौँ । चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिताको छैठौँ दिन बिहीबार पनि आयोजक राष्ट्रले पदक तालिकामा आफ्नो अग्रतालाई कायमै राखेको छ । चीनले बिहीबार साँझसम्म ८५ स्वणर्सहित कुल एक सय ६० पदक जितेको छ । चीनले ४९ रजत र २६ कांस्य पनि हात पारेको छ ।
दक्षिण कोरिया २२ स्वणर्सहित कुल ८० पदक जित्दै तालिकाको दोस्रो स्थानमा छ । दक्षिण कोरियाले २० रजत र ३८ कांस्य पदक हात पारेको छ । १८ स्वणर्सहित कुल ७३ पदक जित्दै जापान तालिकाको तेस्रो स्थानमा आसिन छ । जापानले २९ रजत र २६ कांस्य पदक पनि हात पारेको छ ।
उज्बेकिस्तान पदक तालिकाको चौथो स्थानमा छ । उज्बेकिस्तानले ६ स्वणर्, १० रजत र १५ कांस्यसहित कुल ३१ वटा पदक हात पारेको छ । ६ स्वणर्सहित कुल २५ पदक जित्दै भारत पाँचौँ स्थानमा छ । भारतले आठ रजत र ११ कांस्य पदक पनि जितेको छ ।
यसैगरी ६ स्वणर्सहित कुल १८ पदक जित्दै थाइल्यान्ड तालिकाको छैठौँ स्थानमा आसिन छ । थाइल्यान्डले तीन रजत र नौ कांस्य पदक पनि हात पारेको छ । हङ्कङ पाँच स्वणर्सहित कुल ३१ पदक जित्दै सातौँ स्थानमा छ । हङ्कङले १२ रजत र १४ कांस्य पदक पनि जितेको छ ।
जारी एसियाली खेलकुदमा हालसम्म २१ वटा राष्ट्रले स्वणर् पदक जितेका छन् । सहभागीमध्ये ३० वटा राष्ट्रले कुनै न कुनै पदक हात पारेका छन् । प्रतियोगितामा दुई सय ५३ खेलाडी सहभागी गराएको नेपालले भने हालसम्म कुनै पनि पदक जित्न सकेको छैन । जारी एसियाली खेलकुदमा सहभागी हुन नेपालबाट ठूलो सँख्यामा पदाधिकारीहरु पनि चीन पुगेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण