प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी मेला सुरु
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले विजया दशमीको अवसरमा बृहत् पुस्तक प्रदर्शनी आयोजना गरेको छ । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित पुस्तक प्रदर्शनीको उद्घाटन बिहीबार प्रतिष्ठानका कुलपति भूपाल राईले गरे ।
सो अवसरमा कुलपति राईले पाठकहरूको चाहना र पठन संस्कृतिप्रति आकर्षित गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी गरिएको बताए । प्रज्ञाका पुस्तकहरू सातै प्रदेश र पालिकासम्म पुर्याउने लक्ष्य राखेको पनि उनले जानकारी दिए ।
प्रदर्शनीमा भाषा, साहित्य, संस्कृति, दर्शन, इतिहास, सामाजिक शास्त्र, कला र विज्ञान लगायतका पुस्तकहरू राखिएको छ । यस पुस्तक प्रदर्शनीमा शब्दकोशबाहेकका सम्पूर्ण पुस्तकहरू ४० प्रतिशत छुटमा विक्री गर्ने व्यवस्था गरिएको छ ।
उता, साझा प्रकाशनले पनि आफ्नो केन्द्रीय कार्यालय पुलचोक तथा शाखामा यसै सातादेखि पुस्तक प्रदर्शनी आयोजना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण