एमाले बागमती अधिवेशन
पाण्डेपछि सानु श्रेष्ठले पनि फिर्ता लिए अध्यक्षको उम्मेदवारी
बिहीबार, ११ असोज २०८०, २० : २२

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा उम्मेदवारी दिएका सानु श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् ।
बिहीबार साँझ श्रेष्ठले उम्मेदवारी फिर्ता लिएको बताए । यसअघि बिहीबार दिउँसो अध्यक्षका आकांक्षी केशवराज पाण्डेले पनि उम्मेदवारी फिर्ता लिएका थिए ।
‘सहमतिका लागि मैले उम्मेदवारी लिए’, श्रेष्ठले रातोपाटीसँग भने ।
श्रेष्ठ र पाण्डेले उम्मेदवारी फिर्ता गरेसँगै अध्यक्षमा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा पाण्डे, श्रेष्ठ, दाहाल, ढुंगेल र केशर बुढाथोकीले उम्मेदवारी दिएका थिए ।
संशोधित एमाले बागमतीको निर्वाचन कार्यतालिका अनुसार आज राति नौ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र शुक्रबार बिहान ८ बजे मतदानको समय तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोपमा निर्वाचित हुने पहिलो अमेरिकी बने रोबर्ट प्रिभोस्ट
-
कोशी प्रदेश ‘प्रथम’ लगानी सम्मेलनको उपलब्धि
-
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट थाल्यो काम
-
आठ हजार भन्दा धेरै अकाउन्ट ब्लक गर्न एक्सलाई भारतको निर्देशन
-
करिब ८६ प्रतिशत निर्माण पूरा हुँदा यस्तो देखियो सिंहदरबारमा निर्माणाधीन संसद् भवन (तस्बिरहरू)
-
हुन्डाई नेपालद्वारा बिर्तामोडमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना