एमाले बागमती अधिवेशन
पाण्डेपछि सानु श्रेष्ठले पनि फिर्ता लिए अध्यक्षको उम्मेदवारी
बिहीबार, ११ असोज २०८०, २० : २२
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा उम्मेदवारी दिएका सानु श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् ।
बिहीबार साँझ श्रेष्ठले उम्मेदवारी फिर्ता लिएको बताए । यसअघि बिहीबार दिउँसो अध्यक्षका आकांक्षी केशवराज पाण्डेले पनि उम्मेदवारी फिर्ता लिएका थिए ।
‘सहमतिका लागि मैले उम्मेदवारी लिए’, श्रेष्ठले रातोपाटीसँग भने ।
श्रेष्ठ र पाण्डेले उम्मेदवारी फिर्ता गरेसँगै अध्यक्षमा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा पाण्डे, श्रेष्ठ, दाहाल, ढुंगेल र केशर बुढाथोकीले उम्मेदवारी दिएका थिए ।
संशोधित एमाले बागमतीको निर्वाचन कार्यतालिका अनुसार आज राति नौ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र शुक्रबार बिहान ८ बजे मतदानको समय तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण