औषधि पसलबाटै लागुऔषधको व्यापार
विराटनगर । औषधि व्यवसायी संघ (एनसीडीएस) उदयपुरका महासचिव तथा औषधि व्यवसायी विरेन्द्रकुमार झाले आफ्नो फार्मेसीबाट अवैध लागुऔषध बिक्री गर्ने गरेको खुलेको छ ।
उनले औषधिको अनुचित प्रयोग गरी लागुऔषध बनाएर प्रयोगकर्तालाई बिक्री गर्ने गरेको पाइएको हो । झाको उदयपुर, चौदण्डीगढी नगरपालिका–७ मा गोपीकृष्ण मेकिडल हल सञ्चालित छ । औषधिको होलसेल पसलका रुपमा सञ्चालित सोही मेडिकल हलबाट उनले लागुऔषध बिक्री गरेको पाइएको प्रहरीको दाबी छ ।
केही अघि इलाका प्रहरी कार्यालय बेलटारले सो मेकिडल हलमा छापा हानेर ठुलो परिमाणमा औषधि बरामद गरेको छ । जहाँबाट प्रहरीले ट्रामाडोल र डाइसाइक्लोमाइन नामको औषधि दुई कार्टुन बरामद गरेको हो । उक्त औषधि अवैध छ ।
औषधिसहित पक्राउ परेका झालाई प्रहरीले थप कारबाहीका लागि औषधि व्यवस्था विभाग विराटनगरमा बुझाएकोमा विभागले धरौटीमा छाडेको छ । यसअघि २०७८ जेठ २० गते झालाई औषधि व्यवस्था विभागले औषधिको अनुचित प्रयोग गरी लागुऔषध दुर्व्र्यसनीलाई बिक्री वितरण गरेको पाएपछि पक्राउ गरेको थियो ।
प्रहरीले दिएको जानकारी अनुसार झाले प्रिगाभालिन, ट्रामाडोल र डाइसाइक्लोमाइन नामको औषधि लागुऔषध प्रयोगकर्तालाई बिक्री–वितरण गर्दै आएको खुलेको छ । यी तीन वटा औषधि मिलाएर लागुऔषधको रूपमा दुर्व्यसनीहरुले सेवन गर्दछन् ।
क्यान्सरको समस्या भएकालाई दुखाई कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरु औषधिसँग मिसाएर सेवन गर्दा लागुऔषधको काम गर्दछ । अवैध रुपमा भित्रिने यो औषधिको कारोबार पछिल्लो समय फस्टाएर गएको प्रहरी नै बताउँछ ।
यस्तै प्रिगाभालिन नशा च्यापिएका बिरामीले प्रयोग गर्दछन् । डाइसाइक्लोमाइन औषधि दुखाइ कम गर्न बिरामीले सेवन गर्ने गर्दछन् । तर, कमाउ धन्दामा लागेका झाले महँगो मूल्यमा ती औषधिबाट लागुऔषधका रुपमा दुर्व्यसनीलाई बिक्री गर्दथे ।
औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्राले पछि मुद्दा चलाउने भन्दै झालाई बिहीबार नै ५० हजार रुपैयाँ धरौटी रकम तोकेर छोडेका छन् ।
औषधि ऐन २०३५ को दण्ड सजायका दफा (३)उपदफा (१) र (२) मा औषधिको अनुचित प्रयोग गरेको पाइएमा १ वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । तर, विभागले झाको हकमा ५० हजार रुपैयाँ धरौटी लिएपछि मुद्दा चलाउने भन्दै तारेखमा राखेर छोडेको हो ।
औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्राले औषधिको अनुचित प्रयोग गर्ने झालाई पछि मुद्दा पनि चलाउने बताए । पर्याप्त जनशक्ति र साधन स्रोत पनि नभएको कारण केही समस्या आएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण