मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

अनमोलविरुद्ध ‘आपराधिक विश्वासघात’ कसुरको मुद्दा दर्ता

शुक्रबार, १२ असोज २०८०, २० : ३७
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । अभिनेता अनमोल केसीविरुद्ध आपराधिक विश्वासघातविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ । अनमोलविरुद्ध आपराधिक विश्वासघातविरुद्धको कसुरमा मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । 

उनले भने–‘आपराधिक विश्वासघात गरेर ठगेको कसुरमा उनीविरुद्ध अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरेका हौँ ।’

अनमोल शुक्रबार भक्तपुर र काभ्रेको सिमानास्थित साँगाबाट पक्राउ परेका हुन् । रावायण फिल्मको ‘हिरो’को भूमिकामा खेल्ने सम्झौता गरेर केसीले १० लाख रुपैयाँ एडभान्स लिएका थिए । तर, उनले फिल्म खेल्न आनाकानी गर्दा आफ्नो करिब डेढ करोड लगानी डुबेको निर्माण युनिटको दाबी छ । फिल्म निर्माणमा आवश्यक अन्य विधामा निर्माण युनिटले ऋण खोजेर १ करोड ५० लाख लगानी गरेको भन्दै निर्माण युनिटले प्रहरीमा उजुरी गरेका थिए ।

उजुरी परेपछि प्रहरीले बोलाउँदा अनमोलले ‘नआउने’ बताएपछि प्रहरीले जाहेरी दर्ता गरेर उनलाई पक्राउ गरेको एसपी रेग्मीले जानकारी दिए । अनमोललाई टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।  

आपराधिक विश्वासघात गरेको कसुरमा ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

यस्तै अनमोलविरुद्ध २०७६ मा पनि ठगीको उजुरी परेको थियो ।

फिलिमस् नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म ‘धूपौरे’मा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि नखेलेर ठगी गरेको उजुरीमा उल्लेख थियो ।

फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध  उजुरी दिएका थिए । केसीसँग श्रेष्ठ र खड्गीले ४० लाख पारिश्रमिक दिनेगरी फिल्मको सम्झौता गरेको र ५ लाख अग्रिम भुक्तानी लिएर खेल्न नमानेको आरोप थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप