गोपाल नेपाल फिस्टेको निर्देशन तथा सरोज अधिकारी स्वरमा 'आज किन' सार्वजनिक
अमेरिका । विगत १४ वर्षदेखि अमेरिकामा बस्दै आएका गायक सरोज अधिकारीले गीत सङ्गीतलाई निरन्तरता दिँदै नयाँ गीत ‘आज किन” को भिडियो सार्वजनिक गरेका छन् ।
यो गीतको भिडियोलाई उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । सार्वजनिक गीतमा शब्द तथा सङ्गीत प्रकाश बस्यालको रहेको छ ।
हास्य कलाकार गोपाल नेपाल फिस्टेको निर्देशन रहेको यो गीतको छायाङ्कन अमेरिकाको केन्टकी राज्यको लेन्जिनटन वरिपरि र केही छायाङ्कन भारतमा गरिएको हो । गीत जस्तै भिडियो पनि आकर्षक बनेको छ । लामो समय देखि अमेरिकाको केन्टकीमा रहेर पनि आफ्नो गीत सङ्गीतलाई भने सरोजले निरन्तरता दिँदै आएका छन् ।
बिछोडको कथामा आधारित यो गीतको भिडियोमा मोडलद्धय शुभम् पाण्डे र स्मिता शरन अभिनय रहेको छ । “आज किन” गीतको भिडियोमा प्रदीप कम्माको सम्पादन, बिक्रमको रँग संयोजन,पोष्टर डिजाईन राकेश दाहालको रहेको छ । गीतको भिडियोलाई राजु तिमिल्सिना र अर्जुन थापाले छायाङ्कन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण