गोपाल नेपाल फिस्टेको निर्देशन तथा सरोज अधिकारी स्वरमा 'आज किन' सार्वजनिक

अमेरिका । विगत १४ वर्षदेखि अमेरिकामा बस्दै आएका गायक सरोज अधिकारीले गीत सङ्गीतलाई निरन्तरता दिँदै नयाँ गीत ‘आज किन” को भिडियो सार्वजनिक गरेका छन् ।
यो गीतको भिडियोलाई उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । सार्वजनिक गीतमा शब्द तथा सङ्गीत प्रकाश बस्यालको रहेको छ ।
हास्य कलाकार गोपाल नेपाल फिस्टेको निर्देशन रहेको यो गीतको छायाङ्कन अमेरिकाको केन्टकी राज्यको लेन्जिनटन वरिपरि र केही छायाङ्कन भारतमा गरिएको हो । गीत जस्तै भिडियो पनि आकर्षक बनेको छ । लामो समय देखि अमेरिकाको केन्टकीमा रहेर पनि आफ्नो गीत सङ्गीतलाई भने सरोजले निरन्तरता दिँदै आएका छन् ।
बिछोडको कथामा आधारित यो गीतको भिडियोमा मोडलद्धय शुभम् पाण्डे र स्मिता शरन अभिनय रहेको छ । “आज किन” गीतको भिडियोमा प्रदीप कम्माको सम्पादन, बिक्रमको रँग संयोजन,पोष्टर डिजाईन राकेश दाहालको रहेको छ । गीतको भिडियोलाई राजु तिमिल्सिना र अर्जुन थापाले छायाङ्कन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त
-
मेक्सिकोमा अमेरिकी सेना तैनाथ गर्ने ट्रम्पको प्रस्ताव शेनबाउमले गरिन् ठाडै अस्वीकार
-
आज ४ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रहरी विधेयकमा थप नयाँ प्रस्ताव, सीडीओलाई किन यति अधिकार ?
-
नागढुङ्गा नौबिसे सडक विस्तार : यही वैशाख २२ देखि ३१ गतेसम्म पाँच घण्टा बन्द गरिने
-
प्रहरीलाई ‘बुख्याचा’जस्तो बनाउन खोजिएको छ