अमेरिकी सेनासँगको संयुक्त अभ्यास सम्पन्न
काठमाडौँ । नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबिचको चालिसौँ संस्करणको जोइन्ट कम्बाइन्ड एक्सचेन्ज ब्यालेन्स निल शुक्रबार सम्पन्न भएको छ । गत भदौ २४ गतेदेखि सुरु भएको संयुक्त अभ्यासमा ४२ जनाको सहभागिता रहेको थियो ।
उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान भएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले सहभागीहरूलाई अभ्यासको दौरान सिकेका सिपहरूलाई आफ्नो पेसागत क्षमता विकासमा सदुपयोग गर्न सुझाव दिए । उनले तालिम लगायतका क्षेत्रहरूमा पुर्याउँदै आएको सहयोग र सहकार्यको लागि संयुक्त राज्य अमेरिकी सेनालाई धन्यवाद ज्ञापन गरे ।
त्यस अवसरमा काठमाडौँस्थित अमेरिकी राजदूत डीन आर थोम्पसन ले सफलता पूर्वक अभ्यास सम्पन्न गर्ने दुवै देशका सहभागीहरूलाई बधाई दिएका थिए । समापन समारोहमा रथी, अधिकृतहरूका साथै अमेरिकी दूतावासका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण