पाल्पामा नेपाल वडा संघ गठन
रामपुर । राजेशकुमार अर्यालको अध्यक्षतामा नेपाल वडा संघ पाल्पा शाखा गठन गरिएको छ । जिल्लाको ८१ वडाध्यक्षको भेलाले गठित संघको उपाध्यक्षद्वयमा दिवाकर देवकोटा र रामबहादुर रावल, सचिवमा थानेश्वर तिमिल्सेना, सहसचिव राजकुमार पन्थी, कोषाध्यक्ष इन्द्रा चिदी रहेका छन् ।
सदस्यहरूमा दामोदर पाठक, नविन्द्र थापा सोती, निरबहादुर सारु, ईश्वर काफ्ले, युगबहादुर ठाडा, ओमप्रकाश गैरे, सागरमान महर्जन, चिरञ्जीवी पोखरेल, यादव अर्याल, गोविन्द रायमाझी रहेका छन् । भेलाले वडा कार्यालय जनताको नजिकको कार्यालय भएको जनाउँदै शुक्रबार वडा संघ गठन गरेको हो । जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका छन् ।
भेलाले वडा कार्यालयमा परेका राजनीतिक, कानुनी र सार्वजनिक समस्यालाई एकताबद्धरुपले समाधान गर्ने र देशभरका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यलाई सङ्गठितरुपले आवाज उठाउन अभियानमा सहभागी हुन आह्वान समेत गरेको छ ।
नवनिर्वाचित वडा संघका अध्यक्ष अर्यालले देशैभरका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यलाई सङ्गठित हुन अभियानको सुरुआत पाल्पाबाट गरिएको बताए । भेलाले स्थानीय सरकार सञ्चालन ऐन परिमार्जन गरेर वडालाई आर्थिक अधिकार सम्पन्न बनाउन माग समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण