कविता
जिन्दगी
शनिबार, १३ असोज २०८०, १२ : २५
सधैँ हाँसिराखूँ, सधैँ गाइराखूँ ।
सधैँ खेलिराखूँ, सधैँ नाचिराखूँ ।।
जिन्दगी सहज सम्झिराखूँ ।
सबैको बिचमा रमाइ राखूँ ।।
न कसैलाई पराइ सम्झूँ ।
न कसैलाई दुःख नै दिऊँ ।।
आफ्नो बाटो बनाउँदै जाऊँ ।
जिन्दगीको सत्य भन्दै जाऊँ ।।
माटोमा रम्ने, यो मेरो जीवन ।
वनमा रम्ने, यो मेरो जीवन ।।
खेतमा रम्ने, यो मेरो जीवन ।
हिलोमा रम्ने यो मेरो जीवन ।।
तराई, पहाड, हिमाल हुँदै ।
जाने हो मित्र जिन्दगी जिउँदै ।।
ढिँडोको साथमा सिस्नुको साग ।
राडीमा बसी लेख्ने हो गीत ।।
देखा र सिखी नगरूँ कहीँ ।
सक्कल व्यवहार गर्ने हो साथी ।।
न ढाँटूँ कहिले कसैलाई पनि ।
काट्नु छ जीवन यथार्थ बनी ।।
चन्द्रागिरी नपा–१४, नैकाप, काठमाडौँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण