आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

जम्मू कश्मीरको नियन्त्रण रेखामा दुई आतंकवादी मारिए

शनिबार, १३ असोज २०८०, १६ : ४७
शनिबार, १३ असोज २०८०

जम्मू । जम्मू कश्मीर पुलिसले शनिबार कुपवाडा जिल्लाको नियन्त्रण रेखाको माछिल सेक्टरमा दुई आतंककारीहरूलाई मारेको दाबी गरेको छ। सूचना पाएलगत्तै सेनासँगको संयुक्त कारबाहीमा दुई जनालाई मारेको प्रहरीले जनाएको छ । 

 प्रहरीले एक ट्वीटमा भनेको छ, ‘खुफिया विभागबाट प्राप्त जानकारीको आधारमा, पुलिस र सेनाले एक संयुक्त अपरेशन शुरू गर्यो र घुसपैठ गरेका दुई आतंककारीहरूलाई मार्यो। क्षेत्रमा खोजी अभियान अझै जारी छ।’

यस कारबाहीमा ठूलो परिमाणमा गोली बरामद भएको प्रहरीले जनाएको छ । तर, प्रहरीले मारिएका अतिवादीहरुको पहिचान भने खुलेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप