गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखा अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारको प्राथामिकता रहेको बताएका छन् । अस्पतालको निरीक्षणका लागि शनिबार दिउँसो पुगेका उनले गोरखा अस्पतालको सेवा सुविधा विस्तारका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
मुख्यमन्त्री पाण्डेले चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका विषयमा सरकार गम्भीर रहेको भन्दै राज्यले आवश्यक वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । “डाक्टरहरूलाई राज्यले सुरक्षा दिनुपर्छ, हामीले त्यो वातावरण सिर्जना गर्छौँ”, उनले भने, “तर काम सबै रोकेर बस्नु भएन ।”
अस्पताल तोडफोड गर्ने र डाक्टर कुट्नेलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने मुख्यमन्त्री पाण्डेको भनाइ छ । अस्पतालमा भएका घटनामा संलग्न जुनसुकै पार्टीको भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
“कुटपिट र तोडफोड गर्नेहरू जुनसुकै पार्टीको होस्, चाहे मेरै पार्टीको होस्, चाहे अरु कसैको होस् त्यसमा हाम्रो तर्फबाट कुनै सहानुभूति सद्भाव केही पनि रहँदैन”, मुख्यमन्त्री पाण्डेले भने, “त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउनैपर्छ ।”
अस्पताल निरीक्षण गर्न पुगेका मुख्यमन्त्री पाण्डेलाई गोरखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले अस्पतालको आवश्यकतालगायतका विषयमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण