गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखा अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारको प्राथामिकता रहेको बताएका छन् । अस्पतालको निरीक्षणका लागि शनिबार दिउँसो पुगेका उनले गोरखा अस्पतालको सेवा सुविधा विस्तारका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
मुख्यमन्त्री पाण्डेले चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका विषयमा सरकार गम्भीर रहेको भन्दै राज्यले आवश्यक वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । “डाक्टरहरूलाई राज्यले सुरक्षा दिनुपर्छ, हामीले त्यो वातावरण सिर्जना गर्छौँ”, उनले भने, “तर काम सबै रोकेर बस्नु भएन ।”
अस्पताल तोडफोड गर्ने र डाक्टर कुट्नेलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने मुख्यमन्त्री पाण्डेको भनाइ छ । अस्पतालमा भएका घटनामा संलग्न जुनसुकै पार्टीको भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
“कुटपिट र तोडफोड गर्नेहरू जुनसुकै पार्टीको होस्, चाहे मेरै पार्टीको होस्, चाहे अरु कसैको होस् त्यसमा हाम्रो तर्फबाट कुनै सहानुभूति सद्भाव केही पनि रहँदैन”, मुख्यमन्त्री पाण्डेले भने, “त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउनैपर्छ ।”
अस्पताल निरीक्षण गर्न पुगेका मुख्यमन्त्री पाण्डेलाई गोरखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले अस्पतालको आवश्यकतालगायतका विषयमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसद्वारा युक्रेनमा १८ ड्रोन तथा एक क्षेप्यास्त्र आक्रमण
-
कामपाले गर्यो तीन हजार बढी कुकुरको बन्ध्याकरण
-
जसपाको कोशी प्रदेश समितिले गर्यो जिम्मेवारी बाँडफाँट
-
रातोपाटी ब्रिफिङ : सरकार थोत्रो भइसकेको एमालेको जिकिर, प्रधानमन्त्रीले प्रस्ट्याए सरकारको धारणा
-
विप्लवविरुद्ध पक्राउ पुर्जीले तरङ्ग : के भन्छन् दलका नेताहरू ?
-
कस्तो हेलमेट लगाउने र आफैँ कसरी सफा गर्ने ? (भिडियो)