शीर्ष स्थानको जिरोनालाई हरायो रियलले
आइतबार, १४ असोज २०८०, ०७ : ५२
मड्रिड । शीर्ष स्थानमा रहेको जिरोनामाथि शानदार जीत हासिल गर्दै रियल मड्रिड आफै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा रियल ३–० गोलले विजयी बनेको हो ।
खेलको १७ औँ मिनेटमा जुड बेलिङह्यामले जोसेलुलाई गोलको अवसर सिर्जना गरेका थिए । २१ औँ मिनेटमा टोनी क्रुसको पासमा औरेलियन टुअमानीले रियलको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको ७१ औँ जुसेलुले बेलिङह्यामका लागि गोलको अवसर सिर्जना गरे । सिजनमा बेलिङह्यामको यो सातौँ गोल हो । इन्जुरी समयमा नाचोले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो ।
८ खेलपछि २१ अङ्कसहित रियल शीर्ष स्थानमा पुगेको छ । बार्सिलोना २० अङ्कसहित दोस्रो रहेको छ भने जिरोना १९ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण