माल्दिभ्सको सातौँ विकेट गुम्यो
काठमाडौँ । नेपालविरुद्धको खेलमा मल्दिभ्सले सातौँ विकेट गुमाएको छ । नेपालले प्रस्तुत गरेको २१३ रन पछ्याउने क्रममा माल्दिभ्सले १६ औँ ओभरमा ६३ रनमा सातौँ विकेट विकेट गुमाएको हो ।
कुशल भुर्तेलले माल्दिभ्सको सातौँ विकेट विकेट लिए । यसअघि, अभिनाश बोहराले ३ विकेट लिएका थिए भने सन्दीप लामिछाने, गुल्शन झा र सोमपाल कामीले १–१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । रन आउट हुन अघि उनले २७ बलमा ५२ रन बनाएका थिए । यस क्रममा उनले ३ चौका र ३ छक्का हिर्काए ।
माल्दिभ्सविरुद्धको खेलमा कीर्तिमानी शतक बनाएका कुशल मल्ल ४७ रनमा नटआउट रहे । उनले आक्रामक पारी खेल्दै २० बलमा ३ चौका र २ छक्का हिर्काए ।
यसअघि, ओपनर कुशल भुर्तेलले १८ बलमा ३५ रन बनाउँदै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । भुर्तेलले ५ चौका र १ छक्का हिर्काए । गुल्शन झाले पनि समान ३५ रन बनाए । उनले २१ बलको सामना गर्दै १ चौका र तीन छक्का हिर्काए ।
माल्दिभ्सका लागि नजवान इस्माइलले ३ विकेट लिए भने नसिर इस्माइल, मोहमद मुइभान र थोलाल मोहमद रायाले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण