बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

सरकारको निर्देशनसँगै निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

आइतबार, १४ असोज २०८०, १४ : २९
आइतबार, १४ असोज २०८०

काठमाडौँ । सरकारले पुरानै मूल्यमा पेट्रोलियम पदार्थको बिक्री गर्न भनेपछि नेपाल आयल निगमले मूल्य फिर्ता गरेको छ । निगमले शनिबार रातीदेखि लागू हुनेगरी बढाइएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेको हो ।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन भएबमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता भएको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप