सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सिट्रोनको शोरुम अब चितवनमा पनि

आइतबार, १४ असोज २०८०, १६ : ०२
आइतबार, १४ असोज २०८०

काठमाडौँ । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले चितवनमा नयाँ शोरुम विस्तार गरेको छ । चितवनको भरतपुर–१०, रिजाल चोकमा खोलिएको नयाँ शोरुम  ओजोन मोटर्स कम्पनी रहेको छ । यो नयाँ शोरुममा सिट्रोन ईसिथ्री र सिट्रोन सिथ्री मोडल बिक्रीका लागी रहेका छन् ।    

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ, सीसीआईसीका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष नारायण अधिकारी र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स  प्रा. लि. का असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच शोरुमको उद्घाटन गरे । 

सांग्रिला मोटर्सले दशैं र तिहारको अवसरमा प्रमोशनल स्किम पनि ल्याएको छ । यस योजना अन्तर्गत, ग्राहकहरूले आकर्षक छुट, निःशुल्क सडक कर, र एक वर्षभरीको लागि निःशुल्क व्यापक बीमा लगायतका असाधारण लाभहरूको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप