शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँ, तिहार तथा  छठलाई  लक्षित गर्दै आइएमई पेले ल्यायो आकर्षक क्यासब्याक र बम्पर उपहार

आइतबार, १४ असोज २०८०, १६ : १४
आइतबार, १४ असोज २०८०

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट  ‘आइएमई पेले ले आउँदै गरेको  दसैँ , तिहार तथा  छठलाई{ लक्षित गर्दै 'आइएमई पे डिजिटल दसैँ तिहार’ अभियान सार्वजनिक गरेको  छ। 

असोज १४ गतेदेखि शुरु भएको अफर मङ्सिर ३ गते सम्म चल्ने छ ।  ५० दिनको उक्त अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरुले  बिभिन्न कारोबारको लागि क्यासब्याकको  प्रोमो कोड प्राप्त  गर्न सक्नेछन्  । त्यस्तै हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले Ultima Lifestyle को गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन्।  यसैगरी अन्त्यमा ८ जना भाग्यशाली विजेताले रु ५०,००० बराबरको शप्पिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्नेछन्। 

यस संगै आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आइएमई पेका  सीइओ प्रविन रेग्मीले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप