लिभरपुलले भन्यो, ‘खेलको निष्ठा कमजोर भयो’
सोमबार, १५ असोज २०८०, ०६ : ३२
लण्डन । लिभरपुलले शनिबार प्रिमियर लिगमा टोटनह्यामसँग २-१ को हारमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) त्रुटिले ‘खेलको निष्ठा कमजोर भएको’ बताएको छ। आइतबार एक विज्ञप्तिमा क्लबले खोज र समाधानको स्पष्ट आवश्यकतालाई ध्यानमा राख्दै उपलब्ध विकल्पहरूको दायरा खोजी गर्ने बताएको हो ।
भीएआरले खेल गोलरहित बराबरी रहेको अवस्थामा लुइस डियाजको गोल अफसाइड भन्दै अस्वीकार गर्ने गलत निर्णयलाई उल्टाउन असफल भएको थियो । भीएआर अधिकारीहरूलाई सप्ताहान्तको बाँकी समयको लागि जिम्मेवारीबाट हटाइएको छ।
रेफरीहरूको लागि परिचालक निकाय पीजीएमओएलले गोल अस्वीकार गर्ने निर्णयलाई ‘महत्त्वपूर्ण मानवीय त्रुटि’ भनेको छ। तर लिभरपुलले स्पष्टीकरण ‘अस्वीकार्य‘ भएको र ‘पूर्ण पारदर्शिताका साथ समीक्षा’ गर्न माग गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण