यौन दुर्व्यवहार प्रकरण
यौन दुर्व्यवहारको आरोप लागेका एसएसपीले दिए राजीनामा
सोमबार, १५ असोज २०८०, १० : ४२
काठमाडौँ । सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल प्रहरीका एकजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले राजीनामा दिएका छन् । एसएसपी योगबहादुर पालले राजीनामा पेश गरेको प्रहरी प्रवक्ता (डीआईजी) कुवेर कडायतले रातोपाटीलाई बताए ।
डीआईजी कडायतले भने– ‘राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको छ ।’
सुदूरपश्चिम प्र्देश कार्यालयमा रहँदा एसएसपी पालले दुर्व्यवहार गरेको भन्दै एकजना महिला सहायक हवलदारले १९ जेठमा उजुरी गरेकी थिइन् । त्यसबारे डीआईजी सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समितिले पाललाई बर्खास्त गर्न सिफारिस गरेको छ । छानबिनका लागी गृह मन्त्रालयले उनलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण