लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौँ । लागूऔषधसहित झापा र सप्तरीबाट दुई जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बुद्धशान्ती गाउँपालिका-४ बस्ने ३६ वर्षीय सुरज थेवे र शिवसताक्षी नगरपालिका-७ बस्ने ४२ वर्षीय अमृत श्रेष्ठ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा सुरजको साथबाट उक्त लागूऔषध बरामद गरी दुवै जनालाई पक्राउ गरेको हो ।
यता सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका-१४ डलुवाबाट अवैध लागूऔषध गाँजा करिब १ सय केजी सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ ४ जना मानिसहरुले टाउकोमा बोकेको बोरा फाली फरार भएपश्चात् प्रहरीले बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो ।
हाल फरार व्यक्तिहरुको खोजी भइरहेको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण