रक्सी पिउँदा विवादपछि हत्या, फरार तीन जना पक्राउ
झापा । रेस्टुरेन्टमा मादक पदार्थ सेवन गरी वादविवाद हुँदा छुरा प्रहार गरी एक जनाको हत्या गरेर फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–७ घर भएका २२ वर्षीय सनमलाई राई, दमक नगरपालिका–१ बस्ने आनन्द भन्ने २२ वर्षीय राजकुमार भुजेल र दमक नगरपालिका–७ बस्ने रेहान भन्ने १८ वर्षीय सवास आलम रहेका छन् ।
गत असोज १२ गते दमकको कुमाल चोकमा रहेको रुवेल माछा फ्राई एन्ड रोस्ट हाउसमा मादक पदार्थ पिउँदा विवाद हुँदा सनम राईले लुकाइरहेको छुरा प्रहार गरी ३८ वर्षीय गोविन्द लिम्बुको हत्या गरिएको थियो । घटनापछि प्रहरीले विशाल कुमालसहित ८ जनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । सो घटनामा फरार रहेका थप तीन जनालाई मोरङको उर्लाबारीबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
प्रहरीले घटनामा प्रयोग भएको छुरा पनि विराटनगरको शिक्षादीप कलेजको पार्किङ छेउमा रहेको झाडीमा फेला पारेको छ । हतियार व्यवस्थापनमा सहयोग गर्ने मफुद मियालाई पनि जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण