बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

क्रिकेटमा नेपालले हारे पनि ओलीले भने– हाम्रो प्रतिस्पर्धी क्षमता बढ्यो

मङ्गलबार, १६ असोज २०८०, १० : ४५
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसियाली खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष क्रिकेटमा नेपाली टोलीले भारतसँग हारे पनि नेपाली खेलाडीको प्रतिस्पर्धा गर्ने क्षमता बढेको बताएका छन् । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको पुरुष क्रिकेटमा भारतसँग नेपालले २३ रनले हारेको थियो । 

भारतसँग हारेलगत्तै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मात्र २३ रनको फरक ! हाम्रो प्रतिस्पर्धी क्षमता बढेको छ । कोसिस गर्नेको एक दिन अवश्य जित हुन्छ । शुभ बिहानी !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप