मिरुनाको सफलतामा ह्याट्रिक
काठमाडौँ । कलाकारलाई कहिले लगातार असफलता मिल्छ त कहिले सफलता । एक समय फिल्मबाट लगातार असफलता हात पारेकी अभिनेत्री मिरुना मगरले अहिले भने सफल फिल्ममा ह्याट्रिक मारेकी छन् । अर्थात उनी लगातार तीन फिल्म हिट दिन सफल भएकी हुन् ।
संयोगको कुरो के छ भने तीन वटै हिट फिल्ममा उनको जोडी अभिनेता दयाहाङ राई छन् । उनले पछिल्लो समय ‘कबड्डी ४’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ फिल्म हिट भएका हुन् ।
‘लालपूर्जा’बाट नेपाली रजतपटमा अभिनेत्रीको रुपमा देखिएकी मिरुनाको डेब्यु फिल्म बक्सअफिसमा नराम्रोसँग पछारिएको थियो । त्यसपछि ‘रोज’, ‘साइनो’ र ‘चच हुँई’ फिल्ममा देखिएकी उनले यो फिल्मबाट पनि सफलताको देख्न पाइनन् । जब उनको सहकार्य दयाहाङसँग ‘कबड्डी ४’ मा भयो ।
एक समय लगातार फ्लप फिल्म दिएकी उनलाई ‘अन लक्की नायिका’को ट्याग समेत लाग्यो । अभिनयमा राम्रो हुँदा–हुँदै पनि उनी सफलताबाट वञ्चित हुँदा करियर नै धरापमा पर्ने हो कि भन्ने डर थियो ।
अहिले भने एकपछि अर्को फिल्मको सफलताले उनको व्यस्तता समेत बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण