मिरुनाको सफलतामा ह्याट्रिक

काठमाडौँ । कलाकारलाई कहिले लगातार असफलता मिल्छ त कहिले सफलता । एक समय फिल्मबाट लगातार असफलता हात पारेकी अभिनेत्री मिरुना मगरले अहिले भने सफल फिल्ममा ह्याट्रिक मारेकी छन् । अर्थात उनी लगातार तीन फिल्म हिट दिन सफल भएकी हुन् ।
संयोगको कुरो के छ भने तीन वटै हिट फिल्ममा उनको जोडी अभिनेता दयाहाङ राई छन् । उनले पछिल्लो समय ‘कबड्डी ४’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ फिल्म हिट भएका हुन् ।
‘लालपूर्जा’बाट नेपाली रजतपटमा अभिनेत्रीको रुपमा देखिएकी मिरुनाको डेब्यु फिल्म बक्सअफिसमा नराम्रोसँग पछारिएको थियो । त्यसपछि ‘रोज’, ‘साइनो’ र ‘चच हुँई’ फिल्ममा देखिएकी उनले यो फिल्मबाट पनि सफलताको देख्न पाइनन् । जब उनको सहकार्य दयाहाङसँग ‘कबड्डी ४’ मा भयो ।
एक समय लगातार फ्लप फिल्म दिएकी उनलाई ‘अन लक्की नायिका’को ट्याग समेत लाग्यो । अभिनयमा राम्रो हुँदा–हुँदै पनि उनी सफलताबाट वञ्चित हुँदा करियर नै धरापमा पर्ने हो कि भन्ने डर थियो ।
अहिले भने एकपछि अर्को फिल्मको सफलताले उनको व्यस्तता समेत बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई अनुदानमा स्याउको बिरुवा वितरण
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड, १८ जनाको मृत्यु
-
सरकारको पुगेन क्षमता, अझै २२ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी
-
पदमार्ग नहुँदा डोरीमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता