धार्मिक एकता कायम गर्न नेपालगञ्जमा सद्भाव पदयात्रा
बाँके । नेपालगञ्जमा आज वृहत सद्भाव पदयात्रा आयोजना गरिएको छ । सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितमा पदयात्रा निकालिएको हो ।
वीपी चोकबाट सुरु भएको पदयात्राले मुख्य बजारको परिक्रमा गरेको थियो । सामाजिक सद्भाव नेपालगञ्जको पहिचान भएकाले यसलाई अझै प्रगाढ बनाउन पदयात्रा आयोजना गरिएको बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगीले बताए ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा सोमबार भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले धार्मिक तथा सामाजिक सद्भाव प्रगाढ बनाउन पदयात्रामा सहभागी हुन सबैलाई अपिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए ।
“सामाजिक सद्भावको नमूना सहर नेपालगञ्ज हरेक धार्मिक सम्प्रदाय, जातजाति, भाषाभाषी, वर्ण, लिङ्ग र समुदायको साझा चौतारी हो,” नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले भने, “नेपालगञ्जको शान्त सामाजिक सद्भाव र आपसी एकतामा खलल पुर्याउन खोज्नेविरुद्ध फेरि एकपटक नेपालगञ्जवासीले अभूतपूर्व एकता देखाउनुपर्ने अवस्था आएको छ ।”
नेकपा (एमाले) बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले कोही कसैबाट पनि हुने सामाजिक सद्भाव र धार्मिक सहिष्णुता खल्बल्याउन नहुने बताए । कुनै पनि व्यक्ति, सङ्घ संस्था वा समुदाय विशेषले कसैको धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मविरुद्ध हुने गरी कुनै पनि किसिमको गतिविधि नगर्न उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण