मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
मङ्गलबार, १६ असोज २०८०, १४ : ०७
झापा । मुद्दा मिलाई दिन्छु भन्दै १ लाख रूपैयाँ ठगी गरेको अभियोगमा दमक नगरपालिका-५ क्याम्पस मोड बस्ने ३८ वर्षीय शिव नारायण सिंहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दमक नगरपालिका-२ बस्ने २७ वर्षीय तिलकराम खवासको कोठाबाट तिलकराम, दिपक साह र रेशम गौतमलाई अवैध लागूऔषध ब्राउनसुगरसहित गत असार २६ गते प्रहरीले पक्राउ गरेको थियो । उनीहरू उपर जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भइरहेको अवस्थामा दिपक साहको आफन्तलाई मुद्दा मिलाई दिन्छु भनि शिव नारायणले उक्त नगद ठगी गरेको भन्ने जानकारी गराउन साथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई दमक बजारबाट पक्राउ गरेको हो ।
उनी उपर ठगी मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण