अचानक सूचना टाँसेर स्थगित गरियो बागमती प्रदेशसभा बैठक
मङ्गलबार, १६ असोज २०८०, १४ : २४

मकवानपुर । मंगलबार बस्ने भनिएको बागमती प्रदेशसभा बैठक अचानक स्थगित गरिएको छ । बैठक दिउँसो २ बजे बस्ने कार्यतालिका थियो । तर बैठक बस्ने समय गुज्रिन थालेकै अवस्थामा प्रदेशसभा सचिवालयले बैठक स्थगित गरिएको सूचना टाँसेको हो ।
प्रदेशसभा बैठक बुधबार ४ बजे बस्ने जनाइएको छ । यद्यपि प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने आफ्ना माग पूरा नभएसम्म बैठक सञ्चालन हुन नदिने अडान लिएको छ ।
मंगलबारको बैठक पनि एमालेकै अडानका कारण स्थगित भएको हो । एमालेले सोमबार नै यथास्थितिमा बैठक सञ्चालन हुन नदिने प्रस्ट पारेको थियो ।
प्रदेश सरकारले ल्याएको प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रक्रिया मिचेर ल्याइएको भन्दै एमालेले विरोध गरेको हो । उक्त विधेयक प्रक्रियागत ढंगले ल्याउनुपर्ने एमालेको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधारका सबै परियोजना पुनःप्राथमिकीकरण : प्रधानमन्त्री
-
विद्यालय शिक्षा र निजामती सेवासहित ६ विधेयक पास गर्ने सरकारको योजना
-
नीति तथा कार्यक्रमबारे प्रभु साहको टिप्पणी : यो त डायबिटिजको बिरामीलाई मिठाई खुवाएजस्तै हो
-
कुलिङ पिरियडको अवधि र सेवाको उमेर हदमा देखिएको मतान्तरलाई सहमतिबाट टुङ्ग्याउँछौँ : गृहमन्त्री लेखक
-
नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको जवाफ : व्यवसायको इकोसिस्टम नयाँ नीति (पूर्णपाठ)
-
अक्षतराज पौडेलको नाममा लेखियो सबैभन्दा कम उमेरमा मादल बजाउने कीर्तिमान