‘नो विन्टर होलिडेज’लाई अजरबैजानमा अवार्ड
मङ्गलबार, १६ असोज २०८०, १६ : ४६
काठमाडौँ । राजन कठेत र सुनिर पाण्डे निर्देशित फिचर डकुमेन्ट्री ‘नो विन्टर होलिडेज’ले अजरबैजानमा स्पेसल मेन्सन अवार्ड प्राप्त गरेको छ । डकुमेन्ट्रीले डोकुबाकु इन्टरनेसनल डकुमेन्ट्री फिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड जितेको हो ।
रातिमा र कालिमा नामका दुई महिलाको कथा प्रस्तुत गरिएको डकुमेन्ट्री हिउँदको चिसोमा जीवनभर एक अर्कासँग तीतो सम्बन्ध राखेका दुई महिलाले जाडो सँगै कटाउन गर्ने संघर्ष र तीतो मीठो सम्बन्धको विषय उठाइएको छ ।
राजन र सुनिरले लामो समय लगाएर तयार पारेको यो डकुमेन्ट्री लन्डनको सेफिल्ड डकफेस्टमा वर्ल्ड प्रिमियर भएको थियो । डकुमेन्ट्रीलाई बबिन दुलालले खिचेका हुन् भने सम्पादन किरण श्रेष्ठको रहेको छ । यसअघि यो डकुमेन्ट्री दक्षिण कोरियाको डीएमजेड इन्टरनेसनल डकुमेन्ट्री फिल्म फेस्टिभलमा पनि छनौट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण